चर्चित

सिन्धुली, १२ भदौ । अविरल वर्षाका कारण चँदाहा नदीमा आएको बाढीले सिन्धुलीको तीनपाटन गाउँपालिका वडा नं. १ मा मात्रै ७ विघा ११ कठ्ठा जमिन कटान भएको छ । वडा कार्यालयका अनुसार बाढीले बिघौँ खेतीयोग्य जमिन पनि कटान तथा पुरान गरेको छ ।

यसको अझै तथ्यांक आउन बाँकी रहेको पनि वडाले जनाएको छ ।

चँदाहा नदीले तिनपाटन १ का बसन्त दाहाल, दामोदर दाहाल, गोविन्द दाहाल, गंगाबहादुर तामाङ, रामबहादुर राना, मानबहादुर श्रेष्ठ, टेकबहादुर बल, वेदमाया सार्की, रिक्तबहादुर मग्राती, छ्यानबहादुर तामाङ, चनमती माझी, नवराज सार्की र जगदिश तोलांगीको धान खेतमा कटान गरि क्षति गरेको हो ।

यस्तै वडा कार्यालयले वडा नं. १ मा मात्रै पहिरोका कारण ५ घरमा क्षति पुगेको छ । पहिरोकै कारण एकवटा कुखुराको खोर र ४ वटा गोठमा पूर्ण रुपले क्षति पुगेको छ ।

सानोझुंगाका टेकबहादुर रानाको गोठ पहिरोले पुरिँदा १ वटा ब्याउने भैंसी र एकवटा बंगुर मरेको छ भने लंगुर दोभानका वीरबहादुर बसेलको कुखुरा फर्ममा क्षति हुँदा ३० वटा ब्रोइलर कुखुरा मरेको समेत वडा कार्यालयले जनाएको छ ।

पहिरोका कारण लंगुरदोभानका रविन मगर, झुंगाका रुद्रबहादुर राउत र दानबहादुर सुनुवार, जाँतेका पुष्णबहादुर डिमदोङ र सिक्रेका कृष्णबहादुर रखालको घरमा पूर्ण रुपमा क्षति भएको छ । यस्तै चँदाहा खोलाले भिमस्थान बेलघारी सडकमा समेत सामान्य क्षति गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय