स्याङजामा जन्मिएका गायक तथा सर्जक द्धेय टंक डुम्रे र यज्ञ सापकोटा पछिल्लो समय उनीहरु चर्चामा छन् । उनीहरुले समसामयीक विषयबस्तुमा आफ्ना सृजनालाई पस्किने भएकै कारण चर्चामा छन् । टंक ड्रम्रे र यज्ञ सापकोटा मिलेर बजारमा ल्याएका गीत चर्चामा आइनै रहेका छन् । डुम्रे र सापकोटाको ‘चर्को लाग्यो घाम’ गीतले टिकटकमा अत्यधिक मन पराईएको थियो । अहिले पछिल्लो समय नेपाल लगायत विश्वले खेप्नु परेको आर्थिक समस्याको उठान गर्दै उनीहरुले नयाँ गीत ‘आर्थिक मन्दी’ सार्वजनिक गरेका छन् ।
यसै सन्दर्भमा परिवेश अनुसारका सृजना पस्किदै आएका गायक तथा सर्जक टंक ड्रम्रे सोही गीतको प्रचार प्रसारमा लागिरहेका छन् । अब अहिले सार्बजनिक गर्दा मैले तीजलाई पनि समेटेर र अहिलेको एकदमै समय सान्दर्भिक गीत भनेर ल्याएका उनले सबै जनाको हालको समस्यालाई व्यक्त गर्ने खालको गीत बजारमा ल्याएका छन् । पछिल्लो समयमा उनले सिर्जना गरेका गितहरु अझै समय सान्दर्भिक हुने गरेका छ्न् । केही समय अघीमात्रै सार्वजनिक भएको गीत ‘चर्को लाग्यो घाम’ पनि अत्यधिक दर्शक श्रोताले मन पराइरहेका छन् ।
आर्थिक मन्दी गितमा समेटिएका शब्दहरु
फुर्सद छैन काम नि छैन ब्यापार नि भाछैन्
क्यारि भाडा तिर्ने हो खै त्यो पनि थाहा छैन्
नत मिठो खान जान्नि, नत राम्रो लाउनी
खर्च गर्न पर्यो भने तिम्लाई ज्वरो आउनी
बालेन दाईले काठमाडौको मुहार फेर्दै गाथे
एर्पोट बाट सुन भित्रिदा कर्मचारी काँथे
राजनितिका कुरा छोड टिकटक बनाम बरु ।।
यो पाराले घर चलेन ब्यापार फेरम अरु जस्ता शब्द को प्रयोग गरेका छन् । राजनीतिमा लागेर दुई नम्बरी धन्दा गर्नलाई सहयोग पुर्याउने सम्मलाई व्यंगदेखि सुझावसमेत समेट्ने कोसिस गरेको हुँदा यो गीत पनि चल्ने उनको दाबी छ । दर्शक श्रोताले विस्तारै यसलाई पनि मन पराउनु हुन्छ भन्नेमा ढुक छन् टंक डुम्रे । यस गीतमा गायक पशुपति शर्मा, मिना कार्की, यज्ञ सापकोटा, टंक डुम्रे, मनिषा खत्रीलगायत कलाकारहरुलाई देख्न र सुन्न सकिन्छ ।मेला महोत्सवहरुमा स्टेज पाँउने कुराहरु चाँहि टंक डुम्रेको तिखो कटाक्ष छ । उनी भन्छन् “मेला महोत्सवमा कि चाकडी चाप्लुसी गर्नेले, कि अत्यन्तै चर्चित भएकोले वा कि राजनीति लविङ गर्न जान्नेले अवसर पाउने रहेछ । दर्शक श्रोताले रुचाएका तर राजनीति आस्था नमिल्दा हामीजस्ता कलाकार मारमा परेका छौं । मैले पनि कति महोत्सवहरुमा दिने प्रस्तुती यस्ता विविध कारणले स्थगित गर्नु परेको दुखद अनुभव छ । कला र गलाको कदर हुनुपर्ने ठाँउमा राजनीति तथा नातावाद, कृपावाद हावी हुँदा म जस्ता कलाकारले त्यती धेरै मैला महोत्सव पाउने कुरा त भएन तै पनि अलि अलि पाइरहेकै छु” ।
पुरै गित हेर्नका लागि यो लिँक क्लिक गर्नुहोस्









