चर्चित

प्याज काट्दा आँसु आउँछ । तर के कारणले आउँछ त प्याज काट्दा आँसु ? आज हामी यसैका बारेमा बताउने छौँ ।

प्याजमा एमिनो एसिड र सल्फेरिक एसिड पाइन्छ । प्याज काट्दा यी दुई एसिड मिश्रण भई सल्फर ग्यास बन्छ र यो ग्यास आँखामा पुग्छ । फलस्वरूप सल्फर एसिड आँखामा पुग्दा आँखा पोल्छ र आँसु आउँछ ।

प्याजको रागले आँखा एकछिन पोल्छ । तर, त्यसले भित्री असर भने नगर्ने चिकित्सकहरू बताउँछन्‌ । धेरै नै प्याज काट्नुपर्‍यो भने केमिकलको मात्रा बढेर आँखा रातो हुन्छ । आँखा धेरै नै पोल्यो र रातो भयो भने नमिचि सफा पानीले धुनुपर्छ ।

कतिपय अवस्थामा त प्याज काट्दा यति पोल्छ कि पछि केही समय हेर्न नै सकिँदैन त्यसैले यस्ता उपायहरू अपनाउनुहोस् । जसले गर्ला जति प्याज काटे पनि आँसु आउँदैन । प्याज काट्नु भन्दा केहीबेर अघि नै फ्रिजमा राख्नु भयो भने पनि आँसु आउँदैन । यस्तै, छेउमा मैनबत्ती बालेर प्याज काट्दा पनि आँसु आउँदैन ।

काट्नुभन्दा अगाडि प्याजलाई पानीमा ३ मिनेटजति डुबाउँदा प्याजमा भएको केमिकल कम हुन्छ र आँसु आउँदैन । प्याजलाई काट्नु भन्दा पहिले त्यसको जरालाई काटेर फाल्दा पनि आँसु आउँदैन । प्याज काट्दा छेउछाउमा पंखा नचलाउने र चस्मा लगाएर काट्दा पनि आँसु आउँदैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय