चर्चित

एग्रोटाइम्स, काठमाडौँ, १५ भदौ । संखुवासभाको मादी नगरपालिका १ का सुमन कार्कीले मुख्य आम्दानीको स्रोतका रूपमा अलैँची खेती गर्दै आइरहेका छन् । अन्न नफल्ने भिरालो खोल्सा र अन्य फसल नहुने पाखो खेत गरी करीब ४० रोपनी जग्गामा कार्कीले २० वर्षदेखि अलैंची खेती गर्दै आएका छन् ।

अलैँचीलाई खोल्साको कालो सुन भनेर चिनिन्छ । सुनको मूल्यमा लगातार वृद्धि भएजस्तै खोल्साको कालो सुन (अलैँची) को मूल्य पनि बढेको छ ।

तर यसपालि अलैँचीको मूल्य बढे पनि उत्पादन घट्दा कार्की निराश छन् । राम्रो आम्दानीको स्रोत हुने भएपछि अलैँची खेती गरे पनि पछिल्लो समय उत्पादन र मूल्यको तालमेल नमिल्दा निकै समस्या भएको उनी बताउँछन् ।

‘हुन त मूल्य बढे पनि किसानले अलैँचीको उचित भाउ पाउँदैनन् । त्यसमाथि उत्पादनमा पनि कमि आउँदा हामी मारमा परेका छौँ ।’ कार्कीले भने, ‘गत वर्ष राम्रो उत्पादन थियो, मूल्य भने कम थियो । तर यस वर्ष मूल्य बढेको छ, उत्पादनमा कमि आएको छ ।’ उत्पादन घटेका कारण मूल्य बढेर पनि कृषकलाई नाफा हुँदैन । यसको कारण किसानले उचित मूल्य नपाउनु पनि रहेको कार्की भन्छन् ।

‘प्रतिमन अलैँचीको मूल्य ६५ हजार छ भन्ने सुनको थिएँ । तर मैले त ४२ हजार रूपैयाँ प्रतिमन बेचेँ ।’ कार्कीले भने, ‘व्यापारीले आफ्नै ईच्छाअनुसार भाउ दिन्छन् ।’

भाउ नपाउँदा पछि बेच्नलाई भण्डारण गरेर राख्न पनि गाह्रो परेको कार्की बताउँछन् । ‘पहिले जुटको कभर आउँथ्यो, अहिले आउँदैन ।’ उनले भने, ‘अहिले हामीले प्लाष्टिकको बोरामा भण्डारण गर्छौँ । प्लाष्टिकको बोरामा भण्डारण गर्दा अलैंची बिग्रिने हुन्छ ।’

‘हुन त मूल्य बढे पनि किसानले अलैँचीको उचित भाउ पाउँदैनन् । त्यसमाथि उत्पादनमा पनि कमि आउँदा हामी मारमा परेका छौँ ।’ कार्कीले भने, ‘गत वर्ष राम्रो उत्पादन थियो, मूल्य भने कम थियो । तर यस वर्ष मूल्य बढेको छ, उत्पादनमा कमि आएको छ ।’ उत्पादन घटेका कारण मूल्य बढेर पनि कृषकलाई नाफा हुँदैन । यसको कारण किसानले उचित मूल्य नपाउनु पनि रहेको कार्की भन्छन् ।

लमजुङका बुद्धि आले पनि विभिन्न रोगका कारण अलैँची उत्पादन कमि आएको बताउँछन् । अलैँची बगानमा जरा तथा पाना कुहिने, छिर्केफुर्के र डढुवाजस्ता रोग देखिने भएपछि उत्पादनमा कमि आएको उनको भनाइ छ ।

यसैगरी अलैँची उत्पादनमा कमि आउनुको अर्को कारण भनेको मूल्यमा गिरावट पनि हो । पछिल्ला वर्षमा अलैंची उत्पादक किसानले उचित मूल्य नपाएपछि बगानको स्याहारसुसार गर्नै छाडेका छन् । वर्षभरिको मेहनतले उत्पादन गर्‍यो तर बेच्ने वेलामा दाम पाइँदैन । यसकारण किसानले बगैंचामा ध्यान दिनै छाडेको आलेको भनाइ छ । उत्पादन घट्नुमा पुराना बगैँचाहरूको व्यवस्थापन हुन नसक्नु पनि रहेको छ ।

६० वर्षपछि इलाममा चिया तथा अलैँची अनुसन्धान केन्द्र स्थापना हुने

इलाममा चिया र अलैँचीको अनुसन्धान केन्द्र स्थापना हुने भएको छ । चिया र अलैँची अध्ययन र थप विकासका लागि अनुसन्धान केन्द्र स्थापना हुने भएको हो ।

राष्ट्रिय व्यावसायिक कृषि अनुसन्धान कार्यक्रमअन्तर्गत इलाम नगरपालिका–१ साँखेजुङमा अनुसन्धान केन्द्र स्थापना हुनेछ । जग्गा प्राप्तिसँगै कार्यालय स्थापनाको काम सुरु गर्न लागिएको छ ।

यसका लागि कार्यालयको भवन निर्माणका लागि चालू आर्थिक वर्षका लागि रु दुई करोड ३८ लाख बजेट विनियोजन भइसकेको छ ।

अलैँची र चियामा लागि उत्पादनका हिसाबले इलाम महत्त्वपूर्ण र उर्वर भूमि मानिन्छ । इलाममा उत्पादित अलैँची भारतको बाटो भएर अन्य मुलुकमा समेत जाने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय