चर्चित

भदौ, १५, काठमाडौ -नेशनल प्याब्सन महानगर उपाध्यक्ष विजय कुमार खरेलले आफू उपाध्यक्ष भएको नाताले अब अध्यक्ष बन्ने दावी गरेका छन् । नेशनल प्याब्सनको महानगर अध्यक्षमा विजय कुमार खरेलले उम्मेद्बारी घोषण गरेका छन। भाद्र १६ गते दोस्रो महानगर अधिवेशन सम्पन्न हुँदैछ । वर्तमान कार्यसमितिमा रहेका धेरैले आफ्नो नेच्युरल प्रमोशन होस् भन्दै मैदानमा उत्रने भएका छन् ।

युनिभर्सल स्कुलका प्रिन्सिपल तथा नेशनल प्याब्सनमा लामो समयदेखि अनवरत रुपमा सक्रिय रहँदै आएका संगठनको विभिन्न जिम्मेवारीमा रहि प्रभावकारी भुमिका निर्वाह गर्दै आएका बौद्धिक ब्यक्तित्व खरेल भदौ १६ गते हुने अधिवेशनमा सर्वसम्मत रुपले अध्यक्षमा चयन हुने कुरामा प्रतिबद्ध छन् । उनले निजि लगानिबाट संचालित बिद्यालयका संचालक शिक्षक, शिक्षिका एबं सरोकारवाला सबैका हक र हितका लागि सदा दृढ भएर लाग्ने प्रतिबद्धता जाहेर गरेका छन् । महानगरको दोस्रो अधिवेशन काठमाडौं धुम्बाराही स्थित दियो ब्याङ्क्युटमा हुने भएकोले सबै सदस्यहरुलाई अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध समेत गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय