काठमाडौँ, १७ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि तरकारी तथा फलफूलको मूल्य विवरण सार्वजनिक गरेको छ ।
जसअनुसार आज बिहान सुकेको प्याज न्यूनतम् ७२ रुपैयाँ प्रतिकिलोमा संकलन भएको छ ।
यस्तै आज टनेलको गोलभेँडाको भाउ न्यूनतम् प्रतिकिलो ६५ रुपैयाँ रहेको छ ।
समितिका अनुसार आज ठूलो गोलभेँडा (नेपाली)को न्यूनतम मूल्य ७० रुपैयाँ रहेको छ ।
रातो आलु न्यूनतम् ५५, रातो आलु भारतीय ३५ र मुडेको रातो आलु ५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
आज लोकल गाजर १ सय ३० रुपैयाँ प्रतिकिलो पुगेको छ ।









