काठमाडौँ । हरित अभियन्ता हेमन्तराज काफ्ले सम्मानित भएका छन् । वातावरण संरक्षणमा हरित अभियानको माध्यमबाट उत्कृष्ट कार्य गरेबापत नेपालगञ्जका हरित अभियन्ता काफ्लेलाई क्लाइमेट एक्सन अवार्ड २०२३ बाट
सम्मान गरिएको हो ।
काठमाडौँको होटल एल्लो प्यागोडामा साउथ एसियन क्लाइमेट एक्सन कन्फ्रेन्समा उपराष्ट्रपति रामसहायप्रसाद यादवबाट काफ्ले सम्मानित भएका हुन् । सम्मानित भएपछि उनले उपराष्ट्रपति यादवलाई सितलचिनीको बिरुवा उपहार दिएका थिए ।









