CISCO को प्रमाणपत्र पाउने पहिलो नेपाली हुन्, शुनिल कुमार झा । उनै सुनिलको जिवनको भोगाई लगायत विभिन्न विषयहरु समेटेर तयार गर्दै गरिएको देशको पिडा, बिदेशको पिर पुस्तक प्रकाशन गर्न लागिएको छ । पुस्तक पूनरावलोकनमा उपस्थित भएका लेखक, सञ्चारकर्मी, सरकारी अधिकारी, कलाकार लगायतका व्यक्तिहरुको साहित्यिक भेलामा यसै पुस्तकको विभिन्न विधाहरुको समीक्षा समेत गरिएको थियो ।
कार्यक्रममा लेखक तथा पत्रकार कृष्ण मुरारीले पाण्डुलिपि पढेर आफ्नो अन्तर्दृष्टि साझा गरेका थिए । उनले नेत्रहीन भएर पनि झा परिवारभित्र आफ्नो नेतृत्व देखाउँदै सदानन्द झा ‘कविजी’ लाई आत्मकथामा केन्द्रीय व्यक्तित्वका रूपमा प्रकाश पारेर पुस्तकले सुनील झाको विद्यार्र्थी र अमेरिकामा आप्रवासीको रूपमा गरेको संघर्षको बारेमा पनि धेरै कुराको दस्तावेज समेत भएको प्रष्ट पारे ।
पुस्तकका सम्पादक दिनेश पौडेलले मिथिला क्षेत्रलाई सांस्कृतिक रूपमा जोड्न र मधेस–पहाडसँग सम्बन्धित सान्दर्भिक समस्यालाई सम्बोधन गर्न यसको महत्वमा जोड दिए । पुस्तक सिमरा गाउँको कथा, बागमतीको गीत र सुनिल झाको संघर्षको कथा हो । पौडेलले भने, ‘महाकाव्य रामायणसँग सुनिलको जीवन कत्तिको जटिलतासँग जोडिएको छ भन्ने पनि पुस्तकले देखाएको छ ।त्यसैगरी साहित्यपोस्ट डटकमका प्रधान सम्पादक अश्विनी कोइरालाले पुस्तकलाई आधुनिक रामायण मान्दै पुस्तकलाई सबै पाठकको पहुँचमा पु¥याउनुपर्नेमा जोड दिए । छलफलका क्रममा सुनील झाका शिक्षक र पुस्तकका पात्र मुन्नार यादवले सुनिल जस्तो मर्यादित र अनुशासित विधार्थी आँफुले पाएको जिवनकै ठुलो सफलता मिलेको भन्दै भावुक समेत भएका थिए ।
लेखक सुनिल झाले पुस्तकमा समयको गतिलाई चित्रण गर्ने प्रयासलाई प्रतिबिम्बित गरे ।, उनले आफ्नो जीवनलाई आकार दिन र सफलताको दिशामा डोर्याउन आफ्नो काका कवि षदानन्द झाको निर्णायक भूमिकालाई स्वीकार गरे। सुनीलले आफ्नो काकाको शिक्षा र आशीर्वादको लागि कृतज्ञता व्यक्त गरे जसले उनको यात्रालाई प्रभाव पारेको थियो ।
कस्तो प्रमाणपत्र हो CISCO प्रमाणपत्र ?
विश्वको सबैभन्दा गाह्रो परिक्षाको सुचिमा पर्छ सिस्को CISCO प्रमाणपत्रको लागि लिईने परिक्षा । यो प्रमाणपत्रलाई ‘ईन्टरनेट नेटवर्किङ’ सम्बन्धि विषयमा पिएचडी गरे सरह मान्यता प्राप्त छ । सुचना प्रविधिको राजधानी मानीने क्यालीफोर्नियामा अवस्थित ‘सिस्को (CISCO) ’ एउटा अमेरिकन बहुराष्ट्रिय कम्पनि हो । यसले सुचना–प्रविधि र साईबर सुरक्षाकालागि आवस्यक प्रविधिहरु उत्पादन गर्छ । साथै उत्त प्रविधिलाई आवस्यकता अनुशार परिमार्जन गरि सँचालनमा ल्याउनका निम्ति विभिन्न चरणको परिक्षा लिई दक्ष जनशत्ति समेत उत्पादन गर्ने गर्छ ।
यस कार्यक्रमको सुरुको १३ वर्षमा अमेरिकाबाट ५ हजार १ सय १९ जना र भारतबाट ५ सय १२ जनाले यो प्रमाणपत्र पाएका थिए । यसै प्रणालीद्वारा सँचालीत ‘ईन्टरनेट नेटवर्किङ’ सम्बन्धि ‘सिस्को सर्टीफाईड ईन्टरनेटवर्क एक्सपर्ट’ CISCO को प्रमाणपत्र पाउने पहिलो नेपाली हुन्, शुनिल कुमार झा ।









