सुशील आचार्य
बाल अधिकार अभियन्ता तथा बाल साहित्यकार
हाम्रो मन भित्र सधै एक ज्ञान आई
गर्ने गर्छौं हामी प्राणी मात्रको भलाई
नांगो देखे नाना दिने भोका भए खाना
अध्यात्म ज्ञान शान्तिको यहि मुल मन्त्र जान
मानवता बुझ्नेहरू यस्तै कुरा गर्छन्
प्राणी हित गर्नलाई सधै अघि सर्छन्
आहा यस्तो ज्ञान हामिले बुद्धबाट पायौं
प्राणी सेवा गर्न यहि आधार बनायौं
बुद्ध जन्मी नेपालमा शान्ति खोज्नलाई
दरबार छोडि हिंडी गरे सबैको भलाई
कस्तो ज्ञान पाए आहा पंचशिलका कुरा
यहि कुराले ज्ञानी बनी चर्चित भए पुरा
त्यसैले त बुद्ध हुन है संसारकै तारा
भन्ने गरौ हामी अब बिश्वभरकै सारा
सहयोगी हातहरू यस्तै कुरा गर्छन्
परोपकारी नै बन्न सधै अघि सर्छन् ।।









