गोकर्णेश्वर नगरपालिका नारायणटारमा काठमाडौमा अबस्थित सुनौलो भबिष्य बिद्यालयको आयोजनामा गत जेठ ९ गते १ दिने बाल साहित्यको प्रस्तुती कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमका सहजकर्ता बाल अधिकार अभियन्ता तथा बाल साहित्यकार सुशील आचार्यले सोहि स्कुलमा अध्ययनरत १२० जना बालवालिकालाई चरणबद्ध रूपमा फरक–फरक समयमा कक्षा कक्षामै पुगेर सहभागी बालवालिकालाई बाल कविता, सुसेली तथा हाईकुहरू लेख्न सिकाएर बाचन समेत गर्न लगाएका थिए । कार्यक्रमको समन्वय स्कुलकि प्रधानाध्यापक साधना खतिवडाले गरेकि थिइन् । प्रधानाध्यापक खतिवडाले कार्यक्रमको अन्त्यमा त्यस कार्यक्रममा सहभागी भएका बालवालिकाले उक्त कार्यक्रम प्रभावकारी भएको र आगामी दिनमा सो प्रकृतिको बाल साहित्यका कार्यक्रमहरू समय अनुकुल साप्ताहिक, पाक्षिक वा मासिक रूपमा संचालन गरिने कुरा जानकारी दिइन् ।









