सुन्दर रावत हुम्ला
नेपाल प्रेस युनियन हुम्लाले नेपाल पत्रकार महासंघ हुम्ला शाखाकाे कार्यालयमा तालाबन्दी गरेकाे छ । प्रेस युनियनबाट पत्रकार महासंघमा २०५९ सालदेखि ७० सालसम्मका ११ जना पत्रकार आवद्ध भएपनि केन्द्रले पक्ष विपक्ष गरेर अनेक बहानामा महासंघबाट हटाएको भन्दै प्रेस युनियन हुम्लाले तालाबन्दी गरेकाे जिल्ला सल्लहकार जनक बाहदुर शाहीले बताए ।
छानबिन गर्ने हाे भने जिल्लामा भएका सबै पत्रकारकाे छानबिन गर्नुपर्ने प्रेस युनियनले चेतावनी दिएको छ । महासंघबाट हटाइएकाे नाममा हालका जिल्ला पत्रकार महासंघका अध्यक्षसमेत रहेका छन् । जिल्लाकाे परिवेश नबुझेर नामवली हटाइएकाे देखिएको प्रेस युनियनले जनाएको छ ।
अब तालाबन्दी गर्दा पनि सुनुवाइ नभए महासंघकाे चुनावसम्म धक्का दिने प्रेस युनियन जिल्ला सचिव ओबराज शाहीले बताए । माग पूरा नभएसम्म ताला नखुल्ने उनले बताए । साेमबार प्रेस युनियन जिल्ला सल्लाहकार शाहीकाे नेतृत्वमा ताला लगाइएकाे हो ।
ताजा समाचार
लोकप्रिय
© 2026, All right reserved to Agro Times
Made with ❤️ By Gorkhaly Labs









