चर्चित

काठमाडौकोे बालाजुमा अबस्थित तरूण माध्यमिक बिद्यालयमा अध्ययनरत ३ जना छात्राहरूको लागि शैक्षिक सत्र २०८१ मा लाग्ने आबश्यक छात्रबृत्ति प्रदान गरिएको छ । त्यसै बिद्यालयमा अध्ययनरत कक्षा ९ का छात्राहरू भावना भुजेल तथा रिमा तामाङ्ग लाई गत बर्षको जस्तै गरि यस शैक्षिक बर्षका लागि समेत छात्रबृत्ति प्रदान गरिएको छ । यसै गरी बिद्यालयमा कक्षा ७ मा अध्ययनरत छात्रा रक्षा श्रेष्ठलाई समेत यस बर्षका लागि छात्रबृत्ति प्रदान गरिएको हो ।

काठमाडौ जिल्लाको गोकर्णेश्वर नगरपालिकाको बेशीगाउँमा अबस्थित सामाजिक संस्था मासिक १०० अभियान नेपालको आयोजनामा संस्थाका अध्यक्ष संजय पोखरेलको नेतृत्वमा पुगेको ५ जनाको टोलीले सो बिद्यालयमा पुगेर ३ जना छात्राहरूलाई छात्रबृत्ति प्रदान गरेका थिए । सोहि बिद्यालयमा अध्ययनरत मेधावि छात्रा सदिक्षा पौडेललाई बिशेष सम्मान समेत गरीएको थियो । यस कार्यक्रमको संयोजन तथा सहजीकरण तरूण माध्यमिक बिद्यालयमा बिद्यालयका प्रधानाध्यापक बाबुराम न्यौपानेले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय