चर्चित

रचना : सुशील आचार्य
बाल अधिकार अभियन्ता तथा बाल साहित्यकार

शिर्षक :  बर्षा महिना

बर्षा महिना लाग्यो हजुर के पो गर्ने होला ?
बढि राखेको छ ऐले नदि ताल खोला ।
आकाशमा कालो बादल देख्दा डर लाग्छ
मेरो मनको खुशी पनी टाढा टाढा भाग्छ ।।

सोच्छु अब झरि परे पहिरोहरू खस्लान
डाँडा पाखा भरि मान्छे कसो गरि बस्लान ।
कहिले पानी नपरेर गर्मि बढ्या बढ्यै
कहिले धेरै बर्षा भई पहिरो खस्या खस्यै ।।

ओहो हेर प्रकृतिमा के पो भयो होला ?
अहिले अति वृष्टी भई बढ्यो नदि खोला ।
अनाबृष्टी खण्डबृष्टी अतिबृष्टी किन ?
सुन्दा देख्दा मन रून्छ किन छिन छिन ।।

बर्षा होस न राम्रो संग बिगार नगरी
आउने बिपद टारिदीउन नारायण हरि ।
यस्तै कुराहरू खेल्यो मेरो मनमा आज
त्यै भएर यो कविता लेखेँ हजुर माझ ।।

पानी धेरै बढेपछि बाढी पहिरो आई
राख्न सक्छ हामीलाई बिचल्ली बनाई ।
त्यसैले लौ हजुर हामी सुरक्षित भई
राम्रो संग बसिहालौं कुरा छ है सहि ।।
राम्रो संग बसिहालौं कुरा छ है सहि ।।।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय