
मौलिकलाई अग्रस्थानमा राखेर मौलिक तीज गीत पस्किँदै आएका यज्ञ सापकोटा समाजका यथार्थपरक विषयवस्तुलाई टपक्कै टिपेर गितमा पस्किन माहिर छन् । गत बर्षको तिजगितको घर झगडा भाग ६ लाई उनले आफ्नै पर्सनल युट्युब च्यानल मार्फत पस्केका थिए, जुन गित अत्यधिक मन पराइएको थियो र युट्युब टेण्डिङको समेत अग्र पंक्तिमै रहेको थियो । नेपाली नारीहरुको पर्व हरितालीका तीज नजिकिँदै गर्दा तीज गीतहरू सार्वजनिक हुने क्रम बढ्दो छ । यसपटक घर झगडा भाग ६ अपार सफलताले यज्ञ सापकोटालाई समेत थप हौसला मिलेको छ । सापकोटाले यो बर्षको तिजको गित अर्थात घर झगडा भाग ७ मा समेत सामाजिक र पारिवारीक यथार्थपरक कथावस्तुलाई उतार्दै यो गित सार्वजनिक गरेका छन् ।
यसमा पशुपति शर्मा, सम्झना भण्डारी, यज्ञ सापकोटा, सीता केसी, अर्जुन सापकोटा र सुनिता सुनार गरी ६ जना गायक–गायिकाले स्वर दिएका छन् । यज्ञ सापकोटाको संगीत, कृष्ण केसीको एरेन्ज रहेको गीतका शब्द टंक डुम्रेका हुन् । भिडिओमा सुरवीर पण्डित, रमा थपलिया, यज्ञ सापकोटा, आयुष्मा कार्की, अर्जुन सापकोटा र सरस्वती फुँयाल छन् । विरेन्द्र भट्टको छायांकन, विकास ज्ञवालीको सम्पादन रहेको भिडिओलाई मदन खड्काले निर्देशन गरेका हुन् ।
यो गित अकलादेवी म्युजिक प्रा.लि.ले उत्पादन गरेको हो । जुन गीत ’यज्ञ सापकोटा’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो, यो समाचार तयार पार्दासम्म यो गित २ लाख ४० हजार भन्दा बढिले हेरिसकेका छन् ।
गितको पुरै भिडियो यो लिँकमा समेत हेर्न सकिन्छ ।