कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपालमा कृषि र पर्यटनको क्षेत्रमा लगानीको प्रचुर सम्भावना रहेको बताएका छन् ।
कृषि र पर्यटन क्षेत्रको विकासमा चीनको विशेषज्ञता तथा सहयोग महत्वपूर्ण हुने अधिकारीले बताए । मन्त्री अधिकारीले नेपाल सरकारले अघि सारेको ‘कृषिमा लगानी दशक’ लाई सफल पार्न ठूलो लगानीको आवश्यकता पर्ने र त्यसका लागि चीन सरकारबाट सहयोग प्राप्त हुने अपेक्षा व्यक्त गरे ।
फाउन्डेसन अफ ट्रान्स हिमालयन रिसर्च एन्ड स्टडिज (फाउन्टेन्स) ले मंगलबार काठमाडौंमा आयोजना गरेको ‘बीआरआई ढाँचामार्फत् नेपालको पर्यटन र कृषि क्षेत्रको उन्नतिका निमित्त अवसरहरूको खोजी’ नामक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले यस्तो बताएका हुन् ।









