
रचनाकार
सुशील आचार्य
तारकेश्वर ६, काठमाडौँ
कुरा सुनौ है त हजुर अब ध्यान दिई
आफ्नो भाग्य आफै बनाउँ आजै ज्ञान लिई
हाम्रो गाउँ टोलमै आयो हेर्नुस सहकारी
सदस्य नै बनीकन भरौ है भकारी
स्वरोजगार बन्नलाई सहकारी जाऔ
आफ्नो सिप अनुसारको योजना सुनाऔ
छिमेक र गाउँटोलका दिदी दाजुभाई
भेटदै परामर्श लिउँ हुनेछ भलाई
खेती गर्ने हो कि उध्योग ब्यापार गर्ने कुरा
पशुपालन गर्नलाई जुक्ति पाईन्छ पुरा
आबश्यक तालिम र परामर्श सेवा
यो कुराले पक्कै पुग्छ ईलम गर्न टेवा
हेर्नुस हजुर सहकार सधै गर्छ भलो
बिकासे काम लेराउँछ उस्ले आफ्नै थलो
काम गरौं अघि सरि ऋण लिईकन
तर त्यो ऋण तिर्न चाडै लगाई हाल्नुस मन
यति गरे घर परिवार समाजको भलाई
सहकारी बारे यस्तै भन्ने मन छ मलाई
सहकारी बारे यस्तै भन्ने मन छ मलाई