सागर बिष्ट, कंचनपुर – बेलौरी नगरपालिका कृषि विकास शाखाको आर्थिक वर्ष २०७७/७८ को स्वीकृत कार्यक्रम अनुसार र माटो तथा मल परिक्षण प्रयोगशाला सुन्दरपुर कंचनपुरको प्राविधिक सहयोगमा स्थलगत माटो परिक्षण शिविर हुने भएको छ । कृषि विकास शाखा प्रमुख सुमन जोशीका अनुसार माटो परिक्षण शिविर बेलौरी नगरपालिकाको कृषि शाखामा यहीँ वैशाख १८,१९ र २० गते हुने जानकारी जानकारी दिए । साथै कृषक वर्गहरुलाई आफ्नो खेत बारीको माटो परिक्षण गराएर मौकाको फाइदा उठाउन आग्रह समेत गरेका छन् । साथै निम्न विधि अनुसार माटोको नमुना संकलन समेत उनको आग्रह रहेको छ ।










