सागर बिष्ट, कंचनपुर -बालि संरक्षण प्रयोगशाला सुन्दरपुर सुदुरपश्चिम प्रदेश द्वारा संचालित सुन्तलाजात फलफूल बगैंचा पुनर्स्थापना तथा ह्रास रोग नियन्त्रण कार्यक्रम अन्तर्गत पहिलो चरणको समस्या पहिचान तथा बगैंचाको अवस्था अध्ययन पश्चात् दोस्रो चरणमा सुन्तलाजात फलफूल बगैंचा ब्यबस्थापन प्रयोगात्मक तालीम तथा प्रबिधि हस्तान्तरण कार्यक्रम अछामको तुर्माखाद गाउँपालिकामा भएको जानकारी बालि संरक्षण प्रयोगशाला सुन्दरपुरका सूचना अधिकारी अम्बादत्त बिष्टका दिए ।

बाली संरक्षण प्रयोगशाला सुन्दरपुर कंचनपुरको आयोजनामा भएको तालिममा तुर्माखाद गाउँपालिकाको सुन्तला पकेट क्षेत्र मानिएको वडा नम्बर ४ र ७ का ६० जना कृषक हरुको सहभागीता रहेकोे थियो । उक्त तालिममा सहभागी कृषकहरुलाइ सिकेचर ८० थान,आरि ११० थान,फुड्स्प्रे ४ थान,ब्रस ८० थान,कृषि चुन३७० केजि ,नेलोतुथो ३७० केजि,पावर स्प्रे २ थान,सुच्म खाद्य तत्व लगायत किटनासक बिसादी समेत बितरण गरिएको थियो भने उनीहरुलाई सुन्तला खेती गर्दा ध्यान दिनुपर्ने कुराहरूको बारेमा जानकारी गराइएको थियो । माटो जाँच पश्चात सो क्षेत्रमा यस्ता समस्यअरु समेत देखीएका थिए ।

-तुर्माखाद-४ चिसी क्षेत्रमा पि एच हल्का अम्लिय देखि हल्का क्षारिय, प्राङ्गारिक पदार्थ कम देखि मध्यम, नाइट्रोजन कम देखि मध्यम, फोस्फोरस कम देखि मध्यम, पोटास मध्यम देखि बढी र बलौटे दोमट र पाङ्गगो दोमट माटो रहेको छ ।
-तुर्माखाद-४ सल्लेडी क्षेत्रमा पि एच अम्लिय, प्राङ्गारिक पदार्थ मध्यम, नाइट्रोजन मध्यम, फोस्फोरस कम, पोटास कम र बलौटे दोमट माटो रहेको छ ।
-तुर्माखाद-४ भडाले क्षेत्रमा पि एच तथस्ट, प्राङ्गारिक पदार्थ मध्यम , नाइट्रोजन मध्यम , फोस्फोरस कम देखि मध्यम, पोटास मध्यम देखि बढी र पाङ्गगो दोमट माटो रहेको छ ।
-तुर्माखाद-४ कोट क्षेत्रमा पि एच तथस्ट, प्राङ्गारिक पदार्थ कम देखि मध्यम, नाइट्रोजन कम देखि मध्यम , फोस्फोरस कम देखि मध्यम, पोटास बढी र पाङ्गगो दोमट माटो रहेको छ ।
-तुर्माखाद-४ चिसी लाम्बाडा क्षेत्रमा पि एच हल्का अम्लिय, प्राङ्गारिक पदार्थ मध्यम, नाइट्रोजन मध्यम, फोस्फोरस कम देखि मध्यम , पोटास मध्यम देखि बढी र पाङ्गगो दोमट माटो रहेको छ ।
-तुर्माखाद-४ डाडाघर क्षेत्रमा पि एच अम्लिय, प्राङ्गारिक पदार्थ मध्यम, नाइट्रोजन बढी, फोस्फोरस कम, पोटास कम र पाङ्गगो दोमट माटो रहेको छ ।
-तुर्माखाद-७ पटिसेल्ला क्षेत्रमा पि एच अम्लिय देखि तटस्थ, प्राङ्गारिक पदार्थ मध्यम, नाइट्रोजन मध्यम देखि बढी, फोस्फोरस मध्यम , पोटास बढी र चिम्टाइलो दोमट माटो रहेको छ ।
-तुर्माखाद- ७ बाजाखेत क्षेत्रमा पि एच तटस्थ, प्राङ्गारिक पदार्थ कम, नाइट्रोजन कम, फोस्फोरस कम, पोटास बढी र पाङ्गगो दोमट माटो रहेको छ ।
-तुर्माखाद-७ घौडा क्षेत्रमा पि एच तटस्थ, प्राङ्गारिक पदार्थ कम, नाइट्रोजन कम, फोस्फोरस कम, पोटास मध्यम र पाङ्गगो दोमट माटो रहेको छ ।

त्यस्तै माटोको नमूना संकलन गर्ने बेला बगैंचामा बोटहरुका पात पहेँलो भएको, पातहरु सुक्दै जाने, पातको आकार सानो भएको, बोटहरु होचो हुने, फल सानो हुने, फल भित्र रस नहुने, फलको रस अमिलो हुने, फलमा चिराहरु हुने र बोट टुप्पोबाट सुक्दै जाने जानकारी समेत सुचना अधिकारी विष्टले गराए ।

कार्यालय प्रमुख सिद्धराज उपाध्यायका अनुसार कृषक बर्गहरुमा ब्यबस्थापन बिधि को उचित जानकारी नपाइएको, परम्परागत ब्यबस्थापन विधिको प्रयोग र ब्यबस्थापन सामाग्रीहरुको अभाव रहेको बताएका छ्न । यस कार्यक्रमले सुन्तलाजात फलफूल हरुमा हाल देखिरहेका समस्याहरुको समाधान भइ तुर्माखाद क्षेत्रको सुन्तलाको उत्पादन र गुणस्तर समेत बढ्ने अपेक्षा गरेका छ । त्यस्तै यस कार्यक्रममा सहयोग गर्ने सम्पुर्ण महानुभावहरुलाई धन्यवाद ज्ञापन समेत गरेका छ्न। त्यस्तै बाली संरक्षण प्रयोगशालाबाट २ जनाको टोली रहेको जसमा प्रा. स. अम्बादत्त बिष्ट र ना.प्रा.स.प्रेम राज न्यौपाने रहेको जानकारी दिए, आगामी कार्यक्रम डडेल्धुरा हुने समेत उनले जानकारी दिए ।










