सागर बिष्ट, कंचनपुर- बालि संरक्षण प्रयोगशाला सुन्दरपुर सुदुरपश्चिम प्रदेश द्वारा संचालित सुन्तलाजात फलफूल बगैंचा पुनर्स्थापना तथा ह्रास रोग नियन्त्रण कार्यक्रम अन्तर्गत पहिलो चरणको समस्या पहिचान तथा बगैंचाको अवस्था अध्ययन पश्चात् दोस्रो चरणमा सुन्तलाजात फलफूल बगैंचा ब्यबस्थापन प्रयोगात्मक तालीम तथा प्रबिधि हस्तान्तरण कार्यक्रम जन्म र पू्र्खाको भुमि बोगटान फुडसिल गाउँपालिका डोटी को केही झलकहरु बालि संरक्षण प्रयोगशाला सुन्दरपुरका सूचना अधिकारी अम्बादत्त बिष्टका अनुसार क्षेत्रगत विवरण यस्ता छन् ।

-चनुकाडा क्षेत्रमा पि एच हल्का अम्लिय देखि तथस्ट, प्राङ्गारिक पदार्थ कम, नाइट्रोजन कम देखि मध्यम, फोस्फोरस कम देखि मध्यम, पोटास मध्यम देखि बढी र बलौटे दोमट माटो रहेको छ ।
-सुकाटी क्षेत्रमा पि एच तथस्ट, प्राङ्गारिक पदार्थ मध्यम, नाइट्रोजन कम देखि मध्यम, फोस्फोरस कम देखि मध्यम, पोटास मध्यम देखि बढी र बलौटे माटो रहेको छ ।
-दाचका क्षेत्रमा पि एच तथस्ट देखि क्षारिय, प्राङ्गारिक पदार्थ कम, नाइट्रोजन कम , फोस्फोरस कम देखि मध्यम, पोटास बढी र बलौटे र पाङ्गगो माटो रहेको छ ।
-बिजाला क्षेत्रमा पि एच अम्लिय देखि तथस्ट, प्राङ्गारिक पदार्थ मध्यम नाइट्रोजन कम, फोस्फोरस कम देखि मध्यम, पोटास मध्यम देखि बढी र बलौटे दोमट माटो रहेको छ ।

-मल्ला गाउँ क्षेत्रमा पि एच तथस्ट, प्राङ्गारिक पदार्थ कम, नाइट्रोजन कम, फोस्फोरस कम, पोटास मध्यम देखि बढी र बलौटे माटो रहेको छ ।
-खत्याडी क्षेत्रमा पि एच तथस्ट देखि क्षारिय, प्राङ्गारिक पदार्थ मध्यम देखि बढी, नाइट्रोजन मध्यम देखि बढी, फोस्फोरस मध्यम देखि बढी, पोटास मध्यम देखि बढी र बलौटे दोमट माटो रहेको छ ।
-त्यस्तै माटोको नमूना संकलन गर्ने बेला बगैंचामा बोटहरुका पात पहेँलो भएको, पातहरु सुक्दै जाने, पातको आकार सानो भएको, बोटहरु होचो हुने, फल सानो हुने, फल भित्र रस नहुने, फलको रस अमिलो हुने, फलमा चिराहरु हुने र बोट टुप्पोबाट सुक्दै जाने समेत समस्या छ ।
कार्यालय प्रमुख सिद्धराज उपाध्यायका अनुसार कृषक बर्गहरुमा ब्यबस्थापन बिधि को उचित जानकारी नपाइएको, परम्परागत ब्यबस्थापन विधिको प्रयोग र ब्यबस्थापन सामाग्रीहरुको अभाव रहेको बताएका छ्न । यस कार्यक्रमले सुन्तलाजात फलफूल हरुमा हाल देखिरहेका समस्याहरुको समाधान भइ बोगटान क्षेत्रको सुन्तलाको उत्पादन र गुणस्तर समेत बढ्ने अपेक्षा गरेका छ । त्यस्तै यस कार्यक्रममा सहयोग गर्ने सम्पुर्ण महानुभावहरुलाई धन्यवाद ज्ञापन समेत गरेका छ्न। उनका अनुसार यस कार्यक्रममा बाली संरक्षक प्रयोगशालाबाट ३ जनाको टोली रहेको जसमा स्वयं आफै, प्रा. स अम्बादत्त बिष्ट र ना. प्रा.स प्रेम राज न्यौपाने रहेको जानकारी दिनु भयो र आगामी कार्यक्रम अछाम र डडेल्धुरा हुने समेत उनले जानकारी दिए ।










