चर्चित

फ्लोरिचल्कर एसोसिएसन नेपाल ९फ्यान० ले कोभिड १९, फ्यान समन्वय तथा दुत सहयोग कार्यदल गठन गरेको छ । बढ्दो कोरोना संक्रमणबाट पुष्प व्यवसाय तथा सम्बन्धित व्यवसायीहरू पनि अछुतो रहनसकेका छैनन् ।

दोस्रो भेरिएन्टको कोभिड १९ का कारण धेरै पुष्प व्यवसायीहरु संक्रमित भई उपचार गरिरहेको सन्दर्भमा कोभिड १९ बाट सक्रमित पुष्प व्यवसायी, निजको परिवार तथा आश्रित कर्मचारीहरुको लागि गर्न सकिने आवश्यक सहयोगका लागि फ्यान फ्लोरिकल्चर एशोसिएसन नेपालका अध्यक्ष श्री कुमार कसजु श्रेष्ठको संयोजकत्वमा ८ सदस्यीय कोभिड १९, फ्यान समन्वय तथा द्रुत प्रतिक्रिया कार्यदल गठन भएको छ ।

उक्त कार्यदलले पुष्प व्यवसाय गरि रहेको पुष्प व्यवसायीहरू निजको परिवार तथा आश्रित कर्मचारीहरु कोभिड १९ बाट सक्रमित भई उपचार गराउन परेमा आवश्यक समन्वय तथा सहयोग गर्ने निर्णय भएको छ ।

साथै, निषेधाज्ञा जारी गरेको अवधिका लागि फार्म तथा नर्सरीमा आवतजावतमा सहजिकरणका लागि पनि फ्यानले सदस्यहरुको परिचय खुल्ने गरी पुष्प उद्यमी परिचय पत्र व्यवस्था पनि पुष्प व्यवयासीहरूको लागि उपलब्ध गराउँदै आएको छ ।

कार्यदल

१० कुमार कसजु श्रेष्ठ, फ्यान अध्यक्ष – संयोजक

२० शिव बहादुर खडका, फ्यान उपाध्यक्ष तथा जिल्ला संयोजक – सदस्य

३० विश्वमणि पोखेल, फ्यान महासचिव -सदस्य

४० हिरामणि शर्मा, फ्यान सचिव -सदस्य

५० राजकृष्ण बजगाई, फ्यानका सदस्य तथा नर्सरी उपसमिति संयोजक -सदस्य

६० सुशिल खडका, फ्यानका सदस्य तथा कटफ्लावर उत्पादक उपसमिति संयोजक -सदस्य

७० दिपेश भट्टराई, फ्यानका सदस्य तथा कटफ्लावर रिटेलर उपसमिति संयोजक -सदस्य

८० जे. बी. तामाङ, फ्यान कार्यक्रम संयोजक- सदस्य

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय