चर्चित

उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १६ ले ४० प्रतिशत अनुदानमा किसानलाई भैसी वितरण गरेको छ । शनिबार सामाजिक दुरी कायम गर्दै एक कार्यक्रमको आयोजना गरी १० जना कृषकहरुलाई ४० प्रतिशत अनुदानमा मुर्राक्रस जातको भैंसी वितरण गरिएको हो ।

‘एक घर एक भैसी नखाऔ रक्सी’ भन्ने नाराका साथ किसानहरुलाई भैसी वितरण गरिएको वडा अध्यक्ष मानबहादुर राईले बताए । दूधजन्य पदार्थ उत्पादन र उपभोग बढाउँदै मदिराजन्य पदार्थमा कमी ल्याउन वडाले यस्तो अभियान थालेको उनले बताए ।

चालु आर्थिक वर्ष २०७७/०७८ मा भैँसी पालन प्रवद्र्धन गर्ने कार्यक्रमका लागि ४ लाख बजेट विनियोजन गरेको थियो । चालु आर्थिक वर्ष २०७७/०७८ को स्वीकृत वडागत बजेट अन्तर्गत वडाको बेङग्री, सिद्रे र शाहिखोलाका किसानलाई व्यवसायिक भैसिपालन व्यवसायको प्रबद्र्धधन गर्नुका साथै समाज सुधार र आत्मा निर्भरमा सहयोग पुग्ने उदेश्यले वितरण गरेको उनको भनाई छ । वडाले बेङग्री, सिद्रे र शाहिखोला क्षेत्रलाई पकेट क्षेत्र घोषणा गरी व्यवसायिक भैँसी पालन गर्न चाहने किसानलाई छनोट गरी भैसी वितरण गरिएको छ ।

भौगोलिक रूपमा वडा नं १६ मा खोंच, खोला नाला र घासजन्य वनस्पती बाक्लो भएको जंगल भएकाले पशुपालनको अत्यन्त सम्भावना भएर त्यसतर्फ वडाले जोड दिएको पनि  अध्यक्ष राईले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय