काठमाण्डौ – हरेक बर्ष आयोजना गरिने आइएएएस को राष्ट्रिय सम्मेलनको तयारी यो बर्ष पनि भब्य रुपमा भइरहेको छ । आइ. ए.ए.एस नेपालको यो बर्ष राष्ट्रिय सम्मेलन हिकाष्टले आयोजना गर्दैछ । प्रत्येक बर्ष यस कार्यक्रमलाई देशभरि रहेका आइ. ए.ए.एस नेपाल अन्तर्गतका सबै स्थानीय समितिहरु भेला भई भब्यताका साथ सम्पन्न गर्दैआएका छन्र । यस संस्था र संस्थाका सदस्यहरुलाई अगाडि बढाउँनका निम्ति एक बर्षको कार्यविधि तयार पार्नु यस सम्मेलनको प्राथमिक लक्ष भित्र पर्दछ ।
नेपालमा सन २०१५ मा कृषि तथा वन विश्वविद्यालय, रामपुरका विद्यार्थीहरुका अग्रसरतामा स्थापना गरिएको यस संस्थाको राष्ट्रिय समितिले ६ बर्षको अन्तरालमा देशभरका ४०० भन्दा बढी सक्रिय सदस्यहरु सहित १२ वटा स्थानीय समितिहरु खोल्न सफल भइसकेको छ । यस संस्थाका संस्थापक निर्देशक मदन पौडेलले आफ्ना स्थापनाका दिनहरु सम्झँदै एउटा कोठाबाट शुरु गरेको संस्थाले आजका दिनमा आएर यति विशाल रुप लिनसक्ला भन्ने कल्पना पनि नगरेको बताए ।
आइ. ए.ए.एस नेपालको हरेक बर्ष गरिने राष्ट्रिय सम्मेलन आइ. ए.ए.एस लमजुङ र ए. एफ. यु ले अघिल्ला बर्षहरुमा सञ्चालन गरिसकेको भएता पनि हिकाष्टको लागि भने यो पहिलो अनुभव हुनेछ । विद्यार्थीहरुको उत्साहपूर्ण सहभागिता रहँदैआएको कार्यक्रमा यस बर्ष भने कोभिड १९ महामारीका कारण अनलाइनका माध्यमबाट हुने भएको छ । पाँच दिनसम्म चल्ने यस भच्र्युयल राष्ट्रिय सम्मेलनमा कृषि तथा सम्बन्धित निकायका विद्यार्थीहरुका निम्ति तालिम, प्रशिक्षण ,कार्यशाला,साधारण सभा देखि विभिन्न मनेरञ्जनात्मक कार्यहरु पनि समेटिने आयोजकहरुले जानकारी दिए ।

यस कार्यक्रम सफलतापूर्वक सञ्चालन गर्नका निम्ति आइ. ए.ए.एस एल.सी. हिकाष्टको स्थानीय निर्देशिका प्रशंसा बेलबासेको नेत्रृत्वमा ३५ सदस्यीय कमिटि गठन गरिएको छ । कृषि क्षेत्रमा बषौँ देखिको अनुभव बोकेका नेपाल ए्ग्रो लाइभ प्रा.लि, शलोम एग्रिकल्चर र ए.टि.सि, क्यर काठमाडौँद्वारा प्रायोजित यस कार्यक्रममा कृषि डेली, एग्रो टाइम्स मिडिया नेटवर्कद्धारा प्रकाशित एग्रो टाइम्स मासिक पत्रिका, www.agrotimes.com.np र देशैभरका २५ रेडियो मार्फत हरेक दिन प्रसारण हुने कार्यक्रम कृषि सवालले समेतसूचना तथा प्रविधिको पाटोमा सहयोग गर्ने भएका छन् । यस कार्यक्रमबाट कृषि क्षेत्रमा काम गरिरहेका युवालाई चिनारी बनाउन सहयोग पु¥याउनुका साथसाथै कृषि क्षेत्रको पहुँचलाई राष्ट्रको मूलधारसम्म ल्याउन मद्दत पुग्ने आशा राखिएको छ ।









