चर्चित

राष्ट्रिय दुग्ध विकास बोर्डले यसै बर्षबाट साउन १५ गतेलाई खीर दिसवका रूपमा मनाएको छ । परम्परादेखि नै साउन १५ मा खिर खानुपर्छ भन्ने सामाजिक मान्यता नेपाली समाजमा ब्याप्त छ साथै साँस्कृतिक रुपमा पनि कृषि प्रधान देश नेपालमा यसको बेग्लै महत्व रहेको छ । राष्ट्रिय दुग्ध विकास बोर्डको १११ औँ कार्यकारी समितीको निर्णयबमोजिम यसै बर्षबाट औपचारीक रुपमा खिर दिवश मनाउन सुरुवात गर्न लागिएको राष्ट्रिय दुग्ध विकास बोर्डका उप कार्यकारी निर्देशक बाबुकाजी पन्तले जानकारी गराए, साथै उपनिर्देशक पन्तले करीब ६५ प्रतिशत जनताहरु आवद्ध भएको हाम्रो देशमा चैत्र देखी साउनसम्म विभिन्न कामको चटारो हुने भएकोले, पानीमा भिज्नुपर्ने हुनाले चिसो समेत गड्न सक्छ, चिसोबाट हुने नोक्सानीलाई समेत कम गर्न खिरको महत्व बेग्लै छ, साथै वैज्ञानिक हिसाबले समेत खिरमा पाइने पौष्टिक तत्व अर्थात १०० ग्राम खीर खाएमा ९२ क्यालोरी शक्ति प्राप्त हुनाले समेत खिरको बेग्लै महत्व भएको बताए ।


साउन १५ गते खीर खाने चलन पहिलादेखि चल्दै आएको हुनाले त्यसलाई मान्यता दिँदै राष्ट्रिय रूपमा खीर दिवसकै रूपमा मनाउने निर्णय गरेको बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादवले बताए, साथै निर्देशक यादवले खीर नेपालको महत्वपुर्ण खाध भएको र यसलाई थप प्रवद्र्धन र प्रचार प्रसार गर्न समेत खीर दिवशले महत्व राख्ने हुनाले पनि यो दिवशको आवश्यकता भएको औल्याए ।

 


नेपाल डेरी एसोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटाले असार १५ मा दही चिउरा भनेँझै साउन १५ मा पहिलादेखी नै खीर खाने प्रचलन रहेको तर अब पर्वकै रुपमा अगाडी बढाउदा यसले अझै बढी महत्व राख्ने कुरा बताए, समयको परीवर्तनसँगै दुध र दुधका विभिन्न परीकार समेत सेवन गर्नुपर्छ भन्ने सन्देशलाई जनमानसमा पुर्याउन पनि खीर दिवशले महत्व राख्नेछ । नेपालमा यसको प्रचलन परापूर्व कालदेखि नै चलिरहेको छ । धान रोपाइँ गर्ने कार्य असारभित्र सम्पन्न गरी कार्यमा ह्रास शक्तिलाई पुनर्जागरण प्रदान गर्न साउनमा खीर खाने चलन आएको बताइएको छ । खीर स्वस्थकर पौष्टिक खाद्य पदार्थ भएकाले यसबाट मानव शरीरलाई आवश्यक पर्ने सम्पूर्ण पौष्टिक तत्व पनि प्राप्त हुने हुनाले खीर उपयोगी सिद्ध भएको र खीर दिवशको महत्व पनि अझै बढेर जाने बोर्डले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय