चर्चित
दक्षिणकाली नगरपालिकास्थित छैमले नास्पाती उत्पादन को लागि नेपालमै प्रसिद्ध मानिन्छ ।नास्पातीको व्यापार बाट बार्षिक पाँच करोड भन्दा बढी आम्दानी येहा का किसान हरुले गर्ने गर्दछन |नगरपालिकामा नास्पातीका करिब सात हजार बोट भन्दा बढी रहेको तथ्याङ्क मा देखिन्छ | छैमलेमा १५० वर्षसम्मका पुराना नास्पातीका बोट छन् ।
नास्पाती वा नासपाती (nashi pear), नेपालमा पाइने एक किसिमको फल हो। यसको उदगम पूर्वी एसिया मानिएको छ| नेपाली नाम नास्पाती ‘जापानी’ नाम बाट आयात गरिएको विश्वास गरिन्छ|यो एक समशितोष्ण पतझड फलफूल हो । नास्पातीका थुपै्र जातहरु पाइन्छन् । कुनै जातहरु अलिक होचो स्थानमा रुचाउछन् भने कुनै अग्लो ठाउमा फस्टाउदछन् । फरपिङ्ग नास्पाती १०००–१७०० मीटरसम्म ब्यवसायिक खेती गर्न सकिन्छ भने जापानिज जातका नास्पाती १४०० मीटर माथि सफल हुन्छन् ।
नास्पाती खेती २२–२६० से. तापक्रम भएको ठाउँमा सबभन्दा राम्रो हुन्छ तर यस भन्दा बढी वा घटि भएका स्थानहरुमा पनि उत्पादन भने हुन्छ । नास्पातीले तुसारो सहन गर्न सक्दैन ।
वर्षै्पिच्छे हाँगा व्यवस्थापन गरे स्वादिलो नास्पाती फल्छ। राम्ररी गर्न जानिएन भने फल कम लाग्छ। यहाँका किसानलाई जति नै नास्पाती फले पनि दुई महिनाभित्रैमा बेचिसक्नुपर्ने बाध्यता पनि छ, नत्र कुहिएर जान्छ।हुनत केहि बर्ष यता नास्पतिको क्यान्डी समेत बनाउने कार्य सुरु गरिएको छ , यसको अलावा जाम , र जुस को पनि उत्तिकै सम्भावना रहेता पनि किसान सकभर ताजा नास्पाती नै बेच्न अग्रसर हुने गरेको देखिन्छ |
– राजेन्द्र देवकोटा
(तस्बिर शिव कुमार मर्हजन, ललितपुर )

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय