चर्चित

फ्लोरिकल्चर एशोसिएसन नेपालले १४ औँ गोदावारी पुष्प प्रदर्शनी मेला २०७८ गर्ने भएको छ । एशोसिएसनले कात्तिक १२ देखि १५ गतेसम्म जावलाखेलको खेल मैदानमा उक्त मेला गर्न लागेको हो । ‘रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि’ भन्ने नाराको साथ गोदावरी पुष्प प्रदर्शनी आयोजना गर्न लागिएको मेला संयोजक सिताराम पन्तले जानकारी दिए । उनका अनुसार मेलामा स्वदेशमा नै उत्पादन हुँदै आएको विभिन्न जातका गोदावरी फूल विरुवाको साथै यस वर्षभित्रका गोदावरी फूलको कोही नयाँ प्राजातकिा फूल बिरुवाहरूको समेत प्रदर्शनी तथा बिक्री वितरण हने छन् । मेलामा ४४ वटा स्टल रहेका छन् । यस वर्षको गोदावरी फूलको विभिन्न विद्यामा गरिने प्रतिस्पर्धात्मक गराई उत्कृष्ट हुने एक स्टललाई नगद तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिनेछ । पुष्प व्यवसायीहरूले स्वेदशमा उत्पादन गरेको फूलको बजार क्षेत्र विस्तार तथा प्रवद्र्धन गर्ने उदेश्यले ५३ सालदेखि यस्ता मेला हुँदै आएको पन्तको भनाइ छ ।

२०५३ देखि निरन्तर गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी तथा व्यापार मेला हुँदै आएको फ्लोरीकल्चर एसोसिएसनका अध्यक्ष मिन बहादुर तामाङले बताए, यो मेलामा ३५ हजारले अवलोकन गर्ने अपेक्षा लिइएको छ । अध्यक्ष तामाङका अनुसार यो वर्षको मेलामा ५० लाख बराबरको व्यावसायिक कारोबार हुनेछ । कोरोना कहरअघि आव ०७५÷७६ २ अर्ब ४२ करोडभन्दा बढीको वार्षिक कारोबार भएको थियो । ०६७÷७७ मा करिब ३ अर्बभन्दा बढीको कारोबार हुने प्रक्षेपण गरे पनि कारोनाका कारण २ अर्ब १५ करोडको कारोबार भएको थियो । २०७७÷७८ मा भने १ अर्ब ६३ करोडको कारोबार भएको एशोसिएसनका अध्यक्ष तामाङले जानकारी दिए
बाइट आँउछ

२०५३ देखि निरन्तर गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी तथा व्यापार मेला हुँदै आएको छ । ‘रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि’ भन्ने नाराको साथ गोदावरी पुष्प प्रदर्शनी आयोजना गरीएको यो मेला पुष्पपारखीको लागि एउटा विशेष अवसर पनि हो, लागिएको मेला २०७७ सालमा भने कोभिडका कारण स्थगित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय