चर्चित

नारायण प्रसाद कोइराला, स्याङजा- भीरकोट नगरपालिकाको मुख्य आलु पकेट क्षेत्र मानिएको वडा नं ५ पकानका कृषकहरुले कोल्ड स्टोरमा राखेको आलु स्टोरमै कुहिएको पाइएको छ।यसैगरी बीउ आलु खेतबारीमा रोप्नै नमिल्ने गरि बोरामा उम्रीएको छ। गत वर्ष नगरपालिकाकै सहयोगमा आलु महोत्सव गरे पछि बिक्री हुन नसकेको आलु बीउ प्रयोजनका लागि नगरपालिकाकै सहयोगमा वालिङको अमले कोल्ड स्टोरमा राखिएको थियो। कोल्ड स्टोरमा राख्दा पनि सबै आलु बोरामा उम्रने र कुहिने भएपछि अहिले आलु पकेट क्षेत्र पकानका कृषकहरु चिन्तामा परेका छन। “पछि खान र बीउ लगाउन हुन्छ भनेर २-३ बोरा राख्यौ। अहिले हेर्दा बोरामै कुहिने र उम्रने भए पछि के बीउ लगाउने? खेत बारीमा रोप्नै नमिल्ने गरि लामो लामो टुसा पलाएको छ ।अब के गर्ने भन्नेमा चिन्तामा छु ” भन्नूहुन्छ कृषक छबिलाल तिवारी।

कोल्ड स्टोरमा पकानको ३०० बोरा र अन्य ठाउँबाट गरेर ५०० बोरा भन्दा बढी आलु राखिएको थियो । उक्त कोल्ड स्टोरमा राखिएको सबै आलुको हालत येस्तै छ। १५ टन क्षमताको कोल्डस्टोरमा क्षमता भन्दा बढी आलु राखिएको कारण बीउ बिग्रेको बताइएको छ। आलु लगाउने समय नजिकिदै गर्दा बीउ बिग्रेकाले किसानहरू मर्कामा परेका छ्न्।किसानहरूले आफ्नै आलुको बीउ लिन मानेका छैनन्। किसानहरूले बीउको क्षतिपूर्ति माग गर्दै कोल्ड स्टोर संचालकलाई कारबाहीको माग गरेका छ्न्। नगरपालिकाको सहयोगमा राखेको आलु स्टोरमै कुहिने र लामो टुसा उम्रेर काम नलाग्ने भए पछि यो क्षतिको सम्पूर्ण क्षतिपूर्ति नगरपालिकाले बेहोर्नु पर्छ भन्दै पकानका कृषकले आवाज उठाएका छन्। कृषकहरूले बीउको सट्टामा बीउ नै वा आर्थिक क्षतिपूर्तिको माग गरेका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय