विभिन्न माग राख्दै किसान सडकमा उत्रिएका छन् । स्वतन्त्र किसानहरूले सरकारसँग १३ बुद्धे माग राख्दै माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।
उनीहरूले दूधको मूल्य बढाउनु पर्ने, किसानलाई सम्मान गर्नु पर्ने, वास्तविक किसानलाई अनुदान दिनुपर्ने लगाएतका माग राख्दै प्रदर्शन गरेका छन् ।
काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे लगायतका जिल्लाबाट उपस्थित किसानहरूले कमीशनखोरी कार्यक्रम बन्द गर, किसानको आवश्यकता पुरा गर, सबैको भोक मेटाउने किसानलाई राज्यको हेला किन ? लगायतका प्ले कार्ड बोकेका थिए । उनीहरूले दूधको मूल्य अविलम्ब वैज्ञानिक आधारमा समायोजन गर्न माग गरेका छन् । त्यसैगररुी राज्यको कृषि तथा किसान सम्बन्धी निर्णय गर्ने स्तरमा समेत किसानहरूको प्रतिनिधित्वका सुनिश्चित गर्न, किसानको मागको आधारमा कार्यक्रम तर्जुमा गर्न, परियोजना धितो राखेर कृषि उद्यम गर्ने किसानको लागि सुलभ ऋणको निश्चितता कागजमा मात्र नभई व्यवहारिक रूपमा लागू गर्न पनि माग गरेका छन् ।
यसका साथै किसान परिचय पत्र वितरण गर्नुका साथै कृषि उत्पादनको बजारको सुनिश्चितता गर्न पनि माग गरेका छन् ।

हलोखबरबाट साभार
हलोखबरबाट साभार









