चर्चित

रोमानियाको ७५ बर्ष पुरानो SC FORMA SA कम्पनीले कृषिलाई आवश्यक पर्ने विभिन्न ट्याक्टरहरु विभिन्न देशहरुमा पुर्याएको छ । सोही ब्राण्डमा भारतमा उत्पादन गरीएको फोर्मा ब्राण्डमा स्मार्ट ट्याक्टर यती टेक्निक फार्म प्रा.लि.ले कृषि समूहलाई नेपालका लागि फर्मा ट्र्याक्टरको एकमात्र आधिकारिक आयातकर्ता र वितरकको रुपमा जिम्मा दिएर नेपालमा पहिलोपटक औपचारीक बिक्रि गर्न लागिएको छ ।

काठमाडौंको होटेल सोल्टीमा एक कार्यक्रमको आयोजना गरि आफ्नो उत्पादन सार्वनिक गरिएको हो, कार्यक्रममा प्रमुख अतिथीको रपमा रहेका अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले नेपालमा प्रशस्त प्राकृतिक स्रोत साधान रहेकाले कृषि क्षेत्रमा आएर लगानी गर्न आग्रह गरेका छन् । मन्त्री शर्माले कृषि समूहलाई प्रशंसा गर्दै यस्तो प्रविधिले नेपालमा श्रम र विद्युतीय बजार पर्याप्त भएकाले प्रविधिको विकासले नेपालको कृषि क्षेत्रलाई व्यवसायीकरण गराउन कोशेढुङगा सावित
समेत रहने विश्वास गरे, कम्पनीले विशेष गरी कृषिमा समुदायको गुणस्तर सुधार गर्न उद्यम र उद्यमशीलतामा पहल गर्ने विश्वास लिएको छ ।

यस कम्पनीले भर्खरै नेपालमा ल्याएको यो टयाक्टर २६ एचपीदेखि एकसय एचपीसम्मको उत्पादनको दायरा २ ह्वील ड्राइभ र ४ ह्वील ड्राइभ कन्फिगरेसन दुबैमा उपलब्ध रहेको छ, साथै स्मार्ट डिजिटल, राम्रो आकार, बलियो संरचना प्रोजेक्टर हेड ल्याम्पहरू, पावर स्टीयरिड उच्च ग्राउन्ड क्लियरेन्स समेत जडान गरिएको ट्याक्टर आईओटी टेलिमेटिक्स स्थान चिन्ह लगाउने, लाइभ ट्यांकिङ, जियो फेन्सिङ, इन्धन सूचक इन्जिन चल्ने घण्टा इग्निशन स्विच अन अफ सेवा समेत रहेको कम्पनीको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय