कृषिमा युवाहरुको संलग्नता बिना अहिलेको कृषिमा भएको जनशक्तिबाट कृषि क्षेत्र आत्मनिर्भर र ब्याबसायिक बन्न सक्दैन। युवा जनशक्ति तयार गरी युवाको नेतृत्वमा कृषिलाई आधुनिकिकरण र व्व्यसायिक बनाउन नेपाल एग्रो लाइभले आफ्ना देशैभर रहेका संयन्त्रहरुलाई परीचालन गर्न लागेको छ । थोपा सिँचाई प्रविधि र कृषि इन्जिनियरिङ्ग क्षेत्रमा २ दशकभन्दा लामो अनुभव हासिल गरेका राजन गैरे समेत यस कम्पनीको कार्यकारी निर्देशक रहेका छन्, फरक सोँच, फरक प्रविधि, फरक अनुभव साथ नेपाल एग्रो लाइभ प्रा.लि संस्थापन गरि आफ्नो नवीनतम अनुभवलाई नेपाली किसानको माझमा ल्याएको हो । गैरेको नेतृत्वमा नेपाल एग्रो लाईभ प्रा.लि आजदेखि विधिवत सञ्चालनमा आएको छ । प्रा.लिलाई नेपाली किसानहरुमाझ पु¥याउने प्रतिवद्धता सहित सञ्चालनमा आएको उक्त संस्थाले विभिन्न प्रकारका कृषि प्रविधिहरु नेपालमा विस्तार गर्ने जनाएको छ । कृषि प्रविधिमा लामो अनुभव प्राप्त व्यक्तित्वहरुको सहभागीतामा कृषि क्षेत्रको उज्ज्वल भविष्य देखेर नवीन अवधारणाका साथ नेपाल लाइभ अगाडि आएको गैरैले बताए ।
राजन गैरे
कार्यकारी निर्देशक, नेपाल एग्रो लाइभ प्रा.लि
नेपाल एग्रो लाइभले किसानहरुलाई व्यवसायमैत्री बनाउँदै कृषिमा काम गर्ने, साना सिँचाई, कृषि उत्पादन प्रणालीलाई देशको सातै प्रदेशमा विस्तार गरी प्रविधिमैत्री बन्न सहयोग गर्ने, किसानलाई प्राविधिक सेवा र सहयोग पु¥याउने, युवाहरुलाई प्राविधिक सेवामा जोड्ने, कृषिमा अध्ययन अनुसन्धान गरिरहेको विद्यार्थीहरुलाई नेपाल एग्रो लाइभ प्रा.लिको संयन्त्रमा जोडेर लैजाने, नेपालमा दिगो कृषिका लागि प्रविधि प्रसार, आत्मनिर्भर कृषि र बजारीकरणमा जोड दिने, जस्ता महत्वपूर्ण अवधारणा बोकेर नेपाल एग्रो लाइभ प्रा.लि आएको छ ।
प्राध्यापक डा.कुमार लामा, रोशन सुवेदी, चिरिञ्जीवि रिजाल सल्लाहकार रहेको उक्त प्रा.लिमा विषयगत विज्ञ तथा कृषि क्षेत्रमा अनुभव प्राप्त व्यक्तित्वहरुबाट सेवा परामर्शहरु अगाडि बढाउने बढाउने जनाएको छ । नेपालको हावापानी र माटो सुहाउँदो पृथक पहिचानकासाथ अध्ययन अनुसन्धान गरि प्रविधिको उपयोग गर्ने, प्रा.डा.कुमार लामाका अनुसार कृषि क्याम्पसहरुमा उच्च शिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरु माझ डेमोको रुपमा प्लटको प्रदर्शनी गर्ने, सरकारले युवा लक्षित प्रविधिमा आधारित कार्यक्रम ल्याउन नसकिरहेको अवस्थामा सरकारसँग पनि सम्भव भएसम्म मिलेर काम गर्ने छन् । लामाका अनुसार प्रविधि आएपनि बुझाउन नसक्दा नेपाली किसानहरु प्रविधि मैत्री बन्न नसकेको बताए । अनुदानले विकृति ल्याएको छ । फार्म अनुदानको लागि हो भन्ने लागेको छ ।
नेपाल एग्रो लाइभका सल्लाहकार रोशन सुवेदीका अनुसार किसानको घर आँगनमा पुगेर काम गर्ने बताए ।









