चर्चित

हाम्रो खानाको आफ्नै संस्कृति छ, जुन हामीले बिर्सिसकेका छौँ समाजको परिवर्तनसँगै लोप हुन लागेको नेपाली रैथाने खानाको संरक्षण, प्रचारप्रसार र प्रवद्र्धन गर्नु आजको आवश्यकता पनि हो, यहि चरीतार्थलाई सफल पार्नका लागि ग्यास्ट्रोनोमि टुरिजम एशोसियसन अफ नेपालले विभिन्न ठाँउमा आफ्नो अभियान नै चलाएको छ ।ग्यास्ट्रोनोमि टुरिजम एशोसियसन अफ नेपाल र ग्लोबल क्याफेको संयुक्त आयोजनामा ग्लोबल क्याफे धुम्वाराहीमा मंसिर ९ गतेदेखि फुड फेस्टिवल भइरहेको छ ।

रैथाने फुड फेस्टिवल कार्यक्रममा प्रमुख अतिथीको रुपमा रहेका नेपाल डेरी एसोसिएसनका महासचिव प्रह्लाद दाहालले यस्ता अभियानमा सबै लाग्नुपर्ने, नँया पुस्तालाई यस्ता कुरा सिकाउनुपर्ने, हाम्रा रैथाने खानाहरुलाई प्रवद्र्धन गर्न विधालयस्तरबाट नै यस्ता जानकारीहरु र सन्देश प्रवाह गर्नुपर्ने कुरा सुझाए, साथै दाहालले नेपालको कृषि पर्यटनलाई प्रवद्र्धन गर्न हाम्रा मौलिक खानाहरु, हाम्रा रितीरीवाज र संस्कारहरु समेत कोशेढुङगाको रुपमा रहने बताए ।

ग्यास्ट्रोनोमि टुरिजम एशोसियसन अफ नेपालका सचिव रमेश भण्डारीले कोभिडको कारण थला परेको नेपालको पर्यटन क्षेत्रलाई भोजन पर्यटन मार्फत पुनःस्थापना गर्नका लागि स्वदेशमा उत्पादित सामग्रीको प्रवद्र्धन गर्ने नेपाली मौलिक तथा परम्परागत खानामार्फत पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले ग्यास्ट्रोनोमि फेस्टिवल आयोजना गरिएको जानकारी दिए । कार्यक्रममा विभिन्न क्षेत्रबाट सामाजिक स्तरमा काम गरेका सामाजिक अभियन्ता तथा संचारकर्मीहरुको समेत उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय