
माटो परीक्षणका लागि गाउँबाहिर पठाउनुपर्ने कृषकको बाध्यता अब भने हट्ने भएको छ । अबदेखि स्थानीय तहमै माटो परीक्षण हुने भएको छ ।ललितपुरको बागमती गाउँपालिकाले निःशुल्क माटो परीक्षण गर्ने भएको छ । चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार गाउँपालिकाका प्रत्येक वडामा निःशुल्क माटो परीक्षण शिविर सञ्चालन हुने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले आफ्नो खेतबारीको माटो जाँच गराई लाभ लिन किसानहरुलाई आग्रह पनि गरेको छ ।