
राष्ट्रिय कृषक समूह महासंघले संस्थाको आठौं सार्वजनिक लेखाजोखा, बागबजारस्थित होटल हार्दिकमा एक कार्यक्रमका बीच सार्वजनिक गरेको छ । कार्यक्रममा प्रमुख अतिथीप्को रुपमा रहेका राष्ट्रिय भूमि आयोगका उपाध्यक्ष तथा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)का सचिव, संगठन विभाग प्रमुख तथा राष्ट्रिय किसान सञ्जालका संयोजक त्यस कार्यक्रममा प्रमुख अतिथि नहेन्द्र खड्काले कृषि विकास रणनीति एउटा कोठामा सीमित हुन पुगेको बताउँदै आफु सरकारी निकायमा भएर पनि बोल्नु पर्ने वाध्य बनाएको बताए । २० वर्षे कृषि विकास रणनीतिमा थुप्रै सकारात्मक पक्ष किसानको हितमा भएको र त्यसको कार्यन्वयन पक्षमा आनाकानी गरिरहेको बताए ।
अखिल नेपाल किसान महासंघका उपाध्यक्ष प्रा.डा.केशव खड्काले किसानको मुद्दा राम्रोसँग लिएर गएको खण्डमा सहयोगी हातहरुको कमी नहुने बताए । खड्काले हालै नेपालको विद्युतमा सरप्लस भईरहेको छ । २० लाख युनिटमा १५ लाख युनिट खपत भएको र ५ लाख युनिट खेरा गईरहेकोले किसानले सहुतियत दरमा विद्युत उपयोग गर्न पाउनु पर्ने बताए । साथै खड्काले बैंकहरुले कृषि ऋण दिन २ महिनादेखि बन्द गरिएको बताए ।
राष्ट्रिय समावेशी आयोगका अध्यक्ष हरिदत्त जोशीले धेरै कुराहरु संविधानमा मौलिक हकको रुपमा स्थापित भएकोले आयोगको तर्फबाट पिछडिएको लक्षित वर्गलाई सहयोग गर्न तयार रहेको बताए । जोशीले भने, नीतिगत रुपमा समावेशी आयोग तपाईहरुको साथमा छौं । लक्षित वर्गसम्म पुग्न कृषि कानुनै छैन । हामी लक्षित वर्गको हितमा काम गर्छौं । यस्ता विषयमा किसान आयोगसँग कुरा गरेका छौं । सरकारले किसानको हित विपरित काम गरे मानव अधिकार उल्लंघन गरेको ठहर हुन्छ । मुद्दा चलाउने अधिकार आयोगसँग रहेको बताए ।
राष्ट्रिय सिँचाई तथा जल उपभोक्ता महासंघका अध्यक्ष गजाधर यादवले बजारीकरणलाई बढी जोड दिएर कार्यक्रमहरु गर्नुपर्ने कुरामा जोड दिँदै सामूहिक खेतीमा जोड दिन आग्रह गरे । महासंघले खेरा गईरहेको बगरलाई खेतीको लागि प्रयोग आफूहरु लागि परेको बताए ।
राष्ट्रिय किसान आयोगका सदस्य टेकबहादुर बोगटीले राष्ट्रिय किसान आयोगले सरकारलाई धेरै पटक लिपिवद्ध रुपमा सुझावहरु दिएपनि कार्यन्वयन गर्ने पक्षमा जोड नदिएको प्रति चिन्ता व्यक्त गरे । किसानको हितमा काम गर्न राष्ट्रिय कृषक समूह महासंघसँग मिलेर काम गर्ने बताए । राष्ट्रिय कृषक समूह महासंघका पूर्व अध्यक्ष तथा खाद्यका लागि कृषि अभियानका अध्यक्ष अभियन्ता उद्धव अधिकारीले महासंघलाई अझै राम्रो बनाउन संस्थागत रुपमा ७५३ वटै पालिकासम्म पुगेर काम गर्नुपर्ने बताए । अधिकारीले महासंघ गैह्र–नाफामूलक संस्था भएकोले उद्देश्यसँग मेलखाने गरि कार्यक्रम गर्न सुझाव दिए । संस्थाको लेखा समिति संयोजक, लेखापरिक्षक रामप्रसाद खनालले सामान्य भरपाई गर्ने परम्पराबाट माथि उठेर लेखा प्रणालीको मापदण्डमा पुग्ने पद्धितीको विकास गर्नुपर्ने बताए ।
कार्यक्रममा महासंघका सिराहा भगवानपुर संयोजक उषा कर्णले महासंघमा सहभागी भएर आफ्नो लागि अरुको जीवनस्तर उठाउन पाउँदा खुशी लागेको बताइन् । । कर्णले स्थानीय रुपमा दलित र भूमिहीन किसानको पक्षमा, जीविकोपार्जनको क्षेत्रमा सहजताको काम गर्न पाउँदा आफूलाई गर्व लागेको बताइन् । कार्यक्रममा महासंघका उपाध्यक्ष पञ्चकाजी श्रेष्ठले कार्यपत्र पस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन महासचिव रिता वस्ताकोटी र अध्यक्षता महासंघका अध्यक्ष नवराज बस्नेतले गरेका थिए ।