
मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले कोदोको मूल्य निर्धारण गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै कृषि विकास कार्यक्रम तर्फ अनाज खरिद बिक्री अनुदान कार्यक्रम अन्तर्गत कोदोको मूल्य निर्धारण गरिएको हो ।
रैथाने बाली कोदोको मूल्य प्रति केजी ४८ रुपैयाँ तोकिएको छ । गाउँपालिकामा सूचीकृत सहकारी संस्थाहरूले कृषकबाट उत्पादित कोदो न्यूनतम समर्थन मूल्यलाई आधार मानेर खरिद गर्ने पर्ने छ ।