देश थाम्ने युवाहरु विदेश जाने र यहाँ रहेका आश्रित परिवारले परनिर्भरता बढाउने छाँट देखिन्छ ।कृषिमा नयाँपन छैन । नयाँ पद्वति,प्रणालीलाई नेपाली किसानहरुले पछ्याई रहन सकेका छैनन् । राज्यले दिने सेवा सुविधाले कृषिमा खासै प्रभाव पार्न सकेकाे छैन । कागजी किसानहरुले अनुदान खाने तर खेत,बारी उजाड र उराठ देखिने पुरानै चलन हाे ।
खास किसानहरु माैसमले ठगिएका छन् । मूल्य पाएका छैनन् आफ्ना उत्पादनका,बजारकाे ठेगान छैन । बजारीकरण गर्ने किसानकाे हैसियत छैन ।
नेपाल आयात गर्न देश कहलिएकै छ । निर्यात गर्ने नियम बन्याे तर निर्थक सावित भयाे । विदेशी मूला खाएर आफ्ना खेतबारी बाँझाे राख्नेहरु ठूला कहिलएका छन् । नेपालीहरु खाद्यबस्तुमात्र हाेईन विविध संस्कृति र विकृति समेत भित्र्याउने देश मान्न थालिएकाे छ ।
कृषिले कुल राष्ट्रिय उत्पादनकाे ३२% हिस्सा ओगटेकाे छ । उत्पादन बढाउनमा लागि उन्नत बिउबिजन,माैसम अनुसारका बेर्ना,आवश्यक प्राविधिक एवम् नीतिगत याेजनाकाे खाँचाे पर्छ ।
अत्यधिक रासायनिक मल तथा विषादीका कारण रैथाने उत्पादन लाेपाेन्मुख अवस्थामा छन् । आवश्यक प्राविधिक सहयाेग र सल्लाह किसानले पाउन सकेनन् ।
रैथाने उपजहरुकाे बजार र बजारीकरणका लागि रैथाने एग्राे प्राेडक्टले सक्दाे सहयाेग गर्ने लक्ष्य लिएर टाेली यता आईपुगेकाे थियाे । तिनाउ गाउँपालिकामा रहेकाे दाेभान कृषि बहुउद्देश्यीय सहकारी संस्थासँग रैथाने उत्पादन खरिद गर्ने गरि प्रारम्भिक सहमति/ सम्झाैता पत्रमा दुबै पक्षकाबीच हस्ताक्षर भएकाे छ ।
रैथाने टाेलीले बुटवलमा रहेकाे मगर्स किचनकाे माैलिकता,यहाँकाे खानपान र यसकाे प्रभावका बारेमा समेत अध्ययन अवलाेकन गरेकाे छ ।