चर्चित

च्याउ उत्पादक किसानहरुको छाता संगठन च्याउ उत्पादक किसान संघ नेपालले पौष १५ गते तेस्रो राष्ट्रिय च्याउ दिवस मनाउने भएको छ । दिवसको अवसरमा वृहत च्याउ परिकार महोत्सवको आयोजना साथै दोस्रो राष्ट्रिय सम्मेलन गर्ने संघले जनाएको छ ।

“च्याउ किसानहरुको जागरुकता,व्यवसायिक उत्पादनमा आत्मनिर्भरता भन्ने नाराका साथ बागमती प्रदेशको राजधानी हेटौँडामा दिवस मनाउन लागिएको हो । च्याउ महोत्सव पौष १५ देखि १६ सम्म संचालन हुने छ । च्याउ उत्पादक किसानहरुले सो दिनलाई विशेष रुपमा मनाउदै आएका छन् ।

२०७६ पौष १५ गते हेटौडामा सम्पन भएको च्याउ किसानहरुको वृहत भेलामाझ भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय बागमती प्रदेशबाट पौष १५ लाई च्याउ दिवसको रुपमा मनाउने घोषणा गरेको थियो ।

च्याउ उत्पादक किसान संघ नेपाल वि.स २०६१ सालमा स्थापना भई नेपाललाई च्याउको क्षेत्रमा आत्मनिर्भर बनाउने तथा युवावर्गका लागि उत्पादनशील रोजगारी सिर्जना गर्ने प्रयासमा निरन्तर काम गर्दै आएको संस्था हो ।।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय