चर्चित

ललितपुर सातदोबाटोमा सक्कल एग्रो मार्ट संचालनमा आएको छ । नेपालका विभिन्न जिल्लामा उपलब्ध कृषि उपजहरुलाई संकलन गरेर किसानलाई उचित मूल्य दिई उपभोक्तालाई समेत सस्तो मूल्यमा कृषि उपज विक्री गर्ने उद्देश्यले सक्कल एग्रो प्रा.लीले एग्रो मार्ट संचालनमा ल्याइएको हो, उक्त मार्टमा बिषादी प्रयोग नभएका कृषिका उपजहरु उपलब्ध गराइनेछ । विषेश गरेर कर्णालीबाट कृषि वस्तु ल्याउने मार्ट संचालक सक्कल थापाले बताए । उनका अनुसार सस्तो मूल्यमा उपभोक्ताले सामान पाउने छन् ।’ पछिल्लो समयमा विभिन्न कृषि उपजहरुमा अत्यधिक मात्रामा बिषादीको मात्रा भएको र हाम्रो देशका विभिन्न कुनाकन्दरामा उत्पादन भएका विभिन्न जातका उपजहरुलाई संकलन गर्दै उपभोक्तामाझ लानको लागि नै सक्कल एग्रो मार्ट संचालमा आएको संचालक सक्कल थापाले बताए । कर्णाली प्रदेशमा पाइने विभिन्न उपजहरु यस मार्टमा पाइन्छ, विभिन्न जिल्लामा रैथाने बालीहरु लोप हुन लागेको समयमा मार्टले विभिन्न जिल्लामा गएर किसानहरुलाई जैविक खेतीको बारेमा जानकारी गराएर किसानको उत्पादनहरुको बजार खोजीदिने काममा समेत मार्टले भुमीका खेलेको छ, पछिल्लो समयमा नेपालमा पनि कौशीको खेती गर्ने शहरबासीको आकर्षण भएको समयमा मार्टले कौशीखेतीको लागि समेत आवश्यक पर्ने बिउबिजन र विभिन्न सामाग्रीहरु समेत मार्टमै पाइन्छ ।

सक्कल एग्रो मार्ट औपचारीक उदघाटनमा प्रमुख अतिथीको रुपमा रहेका बिउ व्यवसायी संघका अध्यक्ष बसन्त मरहठ्ठाले भर्खरै सुरुवात भएको मार्टलाई शुभकामना दिँदै किसान र उपभोक्तालाई समेत सँगै जोडेर लान सुझाए, नेपालमा बिउ क्षेत्रमा नितिगत समस्या रहेको र २०४५ बनेको बिउ ऐनबाटै व्यवसाय गर्न व्यवसायी बाध्य भएको हुनाले बिउविजन शंशोधन ऐन हुन आवश्यक रहेको र छिट्टै बिउविजन ऐन लागु हुने बताए, हाम्रा रैथाने विभिन्न जातका बिउहरु लोप हुने अवस्थामा आज व्यवसायिक रुपमा खेती गर्दा असर परेको तर सरकारी तवरबाट यस्ता बिउबिजनको संरक्षण गर्न आँफुहरु समेत लाग्ने बताए, रैथाने बिउहरुलाई बचाउदै नँया भेराइटीको विकासमा समेत लाग्नुपर्ने मरहठ्ठाको निचोड छ ।

एग्रोभेटहरुको बारण बेला बेला समस्या आउने गरेको छ, बाराको मकैको समस्या, भक्तपुरको डि वाई ६७ र डि वाई २८ नै किन नहोस् समस्या आएकै हो, यसमा एग्रोभेटको समेत समस्या हुन सक्छ, तर यसमा बिउको कारणले मात्रै भएको समस्यालाई हामी क्षतीपुर्ती दिन तयार छौँ र यसमा सहि कुरा बाहिर ल्याउन संचार माध्यमलाई समेत सुझाव दिँदै किसानलाई समेत सिफारीस गरीएका जातहरु सिफारिस गरीएकै ठाँउमा प्रयोग गर्न आग्रह गरे, साथै अध्यक्ष मरहठ्ठाले बिउविजन शंशोधन ऐन आएपछि यस्ता समस्या समेत हल भएर जाने कुरामा आँफु विश्वस्त रहेको समेत बताए ।

सक्कल एग्रो मार्टको बीउ बिजन तथा कृषि सम्बन्धि यन्त्र वितरण गर्दै आएको उक्त कम्पनीको देशैभर डिलरहरु रहेको छ । सहकारी, समूहरुसँग मिलेर विभिन्न जिल्लाका उत्पादनहरु ल्याउने प्रवन्ध मिलाइएको मार्टले जनाएको छ । मार्टमा खाद्यान्न, दलहन बाली, तरकारी तथा बीउ विजनका साथै कौसी खेती सम्बन्धी आवश्यक सम्पूर्ण सामानहरु उपभोक्ताले खरिद गर्न सक्नेछन् । किसानहरुको लागि आवश्यक पर्ने बीउ विजन एवं कृषि सम्बन्धी यन्त्र तथा उपकरण विक्रि वितरण गर्दै आएको सक्कलले एग्रो मार्ट भने पहिलो पटक संचालनमा ल्याएको हो । मार्टले चाडैं अन्य स्थानमा पनि शाखा विस्तार गर्ने लक्ष्य राखेको छ, यसरी किसानका र उपभोक्तालाई समेत जोडेर विभिन्न बिषादीरहित कृषि उपजहरुको संकलन, प्रशोधन तथा बजारीकरण गर्न लागिरहेको सक्कल एग्रो मार्टलाई हाम्रो पनि शुभकामना ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय