अशिम सापकोटा
च्याउलाई हेर्ने दृष्टिकोण नेपाली समाजमा परिवर्तन आएको छ । च्याउमा पाइने पौष्टिक तत्वका कारण पनि यसको महत्व उच्च छ । शरीरलाई आवश्यक पर्ने १२ तत्व च्याउमै पाइने वैज्ञानिक तथ्य छ । विश्वभर महत्वका साथ हेरिने च्याउलाई नेपाली उपभोक्ताले पनि महत्व दिन थालेका छन् । च्याउहरुमा विभिन्न भिटामिन, प्रोटिन, थाइमिन, नाइसिन र विभिन्न मिनरल्सहरुका साथै भिटामिन ए, बि, सी र क्याल्सियम समेत पाइन्छ । च्याउमा बोसो नगन्य मात्रामा पाइन्छ र यसमा स्टार्च हुँदैन । त्यसैले यसलाई पौष्टिक र स्वथ्यकर खानाका रुपमा लिइन्छ । नेपालमा जङ्गल आसपास बसोबास गर्ने राउटे तथा अन्य जातिहरूले गिट्ठा भ्याकुरसँगै च्याउ खान शुरू गरेका हुन् भन्न सकिन्छ । जुन भूगोलमा जस्तो च्याउ भेटियो त्यस्तै, उपभोग गरिएको हुनुपर्दछ । तर, च्याउ खेती भने २०२७÷२८ सालतिर भएको देखिन्छ । च्याउको अनुसन्धान भने कृषि अनुसन्धान परिषद्अन्तर्गतको नार्कमा व्यवसायिक किट महाशाखाले २०३०÷३२ सालतिरबाट गरेको हो । शुरूमा तत्कालिन समयमा कीर्तिपुरका शैलेन्द्र सिंहले व्यवसायिक÷प्रयोगात्मक ढङ्गले च्याउखेती गरेका थिए भनिन्छ । पछि बलम्बु च्याउका लागि प्रसिद्ध बन्न पुगेको इतिहाँस छ, देशभरिका च्याउ उत्पादक किसानहरूको साझा संस्थाको रुपमा च्याउ उत्पादक किसान संघ नेपाल २०६१ सालमा स्थापना भएको थियो, संघले सुरुदेखि नै च्याउ उत्पादन र बजारीकरणको सन्दर्भमा देखापरेका समस्याको समाधानका लागि पहल गर्दै आएको छ ।

किसानले भोगेका समस्याहरूबारे सरोकारवालाको ध्यानाकर्षण गराउन, समस्या समाधान गर्न र च्याउ उत्पादन तथा बजारीकरणका लागि समेत च्याउ क्षेत्रको पैरवि गर्दै आएको छ, संघको पहलमा बिगत ३ बर्षदेखी बागमती प्रदेशको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले पौष १५ लाई च्याउ दिवशको रुपमा समेत घोषण गरीसकेको छ । करीब २ बर्ष अगाडी संघले देशैभरका च्याउ किसानलाई एकत्रित गर्न, च्याउ किसानलाई जागरुक बनाउन, उपभोक्तालाई समेत च्याउको सेवनबारे सचेतना जगाउन देशैभर च्याउ जागरण समेत गरेको थियो, यो बर्ष संघले राष्ट्रिय च्याउ दिवशको अवसरमा बागमती प्रदेशको राजधानी हेटौँडामा संघले दाश्रो महाधिवेशन तथा राष्ट्रिय च्याउ दिवश सम्पन्न गरेको छ ।
देशैभरमा करिब ५० हजार किसानले प्रत्यक्ष रोजगारी पाइरहेको, आयात र स्वदेशी उत्पादन गरी करिब ३ अर्बको च्याउ खपत हुने नेपालमा च्याउ प्रवद्र्धनमा सरकारले भने खासै भूमिका खेल्न सकेको छैन च्याउ उत्पादक किसानहरुको गुनासो छ, तथापी पछिल्लो समयमा सरकारले छिट्पुट मात्रामा च्याउको प्रवद्र्धनमा सरकारको ध्यान पुग्दैछ, आर्थिक हिसाबले च्याउ किसानहरूले राम्रो प्रगति पनि गरेका छन् । झापा जिल्लामा च्याउको बिउ र च्याउको खेती समेत गर्दै आउनुभएका पुष्पा च्याउ बिउ उत्पादन तथा च्याउ उत्पादन केन्द्रका संचालक ज्ञानेन्द्र प्रसाद गौतमले च्याउ दिवशले र च्याउ सम्मेलनले च्याउको प्रवद्र्धन र विस्तार गर्न महत्वपुर्ण संवाहक भएको बताउनुहुन्छ, च्याउ क्षेत्रमा पनि आधुनिक र हाइटेक प्रविधि प्रयोग गरेर च्याउ उत्पादन गर्न सके यो क्षेत्रले थप किसानलाई आकषर्ण गर्ने र लागत समेत न्युनिकरण गर्न सकिने साथै राज्यले समेत यस्ता प्रविधिमा अनुदान दिनुपर्नेसमेत झापाका ज्ञानेन्द्र प्रसाद गौतमको तर्क छ ।

च्याउ उत्पादन र बजारीकरणको सन्दर्भमा देखापरेका समस्याको समाधानका लागि पहल गर्दै किसानले भोगेका समस्याहरूबारे सरोकारवालाको ध्यानाकर्षण गराउन, समस्या समाधान गर्न र च्याउ उत्पादन तथा बजारीकरणका लागि काम गर्न च्याउ उत्पादक किसान संघ अग्रणी भुमीकामा रहदै आएको छ, १२ बर्षदेखी कन्ये च्याउको उत्पादन गर्दै आउनुभएका निस्दी गाँउपालिका पाल्पाका च्याउ कृषक पुर्ण बहादुर पचभइयाले च्याउको बजार पहिला भन्दा बढेको कारणले बजार वृहत बनिरहेको आफ्नो अनुभव साट्दै हुनुहुन्छ ।

च्याउ क्षेत्रको बजार विस्तारै mिराकिलो बन्दैछ, जसले सम्भाव्यताको आँकलनलाई समेत वृद्धि गरेको छ, तथापी च्याउ किसानले एकातिर च्याउ उद्यमको शुरुवात गर्ने क्रममा आवश्यक पर्ने स–साना पूर्वाधारदेखि उत्पादन र बजारीकरणका हरेक क्षेत्रमा समस्याहरु बेहोर्नुु परिरहेको छ । कतिपयलाई अचम्म लाग्न सक्छ, वा यस्ता पनि समस्या हुन् र भन्ने लाग्न सक्छ तर च्याउको टनेल बनाउनको लागि आवश्यक पर्ने वांस, प्लाष्टिकहरु सामान्य विषयहरु प्नि सहजरुपमा पाउन सकिरहेका छैनन् भने अर्काेतर्फ बीमा देखि लगानीका स्रोतहरु जुटाउने सम्मका समस्यासंग समेत च्याउ किसानहरु जुधिरहेका छन्, कहिले मोटरसाइकलमा च्याउ बोक्दा ट्राफिकले दिने सास्ती त कहिले च्याउको उत्पादनलाई गाडीमा कच्चा पदार्थको रुपमा ल्याउने पराल अथवा बाँस, ढुवानीका समस्याले पनि बेला बेला किसानले ट्राफिक प्रहरीबाट पिडित हुने गरेका छन्, पछिल्लो समयमा च्याउको बजार फैलिँदै जाँदा च्याउको सम्भावना निकै नै भएको आँकलन गर्दै हुनुहुन्छ, सुन्दरहरैँचा नगरपालिका, मोरङका सरोज नेपाल । हामीले व्यवसायिक र बजारीकरणका कुराहरुलाई बुझेर सुरुवात गरे अवश्य सफल बन्न सकिन्छ, किसानहरु एकजुट भएर बजारको आवश्यकतालाई उत्पादन गर्ने र बढी भएको उत्पादनलाई बायो प्रोडक्टको उत्पादन र प्रशोधन गरेर अगाडी जाने हो हो कहिल्यै पनि बजारको समस्या नहुने कुरा सुझाउदै हुनुहुन्छ, च्याउको बिउ उत्पादन तथा च्याउ समेत खेती गर्दै आउनुभएका सुन्दरहरैँचा नगरपालिका, मोरङका सरोज नेपाल ।

सरकारसँग च्याउ किसानका धेरै मागहरू छन् तर, राज्य मौन छ । सरकार भन्छ “कृषि, प्रविधि, मेसिनरी औजार उपकरणमा भन्सार छुट छ ।” तर च्याउ किसानहरुले ४८ प्रतिशतसम्म भन्सार तिरेर मेसिनरी सामान ल्याइरहेका छन् । रैथाने च्याउ हाम्रा पाखा पखेरामा सडेर÷गलेर पृथ्वीको काखमा विलिन भएको अवस्था छ । हाम्रो पाखामा फल्ने गुछी च्याउ चाइनामा व्यवसायिक खेती हुन्छ । तर हाम्रोमा प्राकृतिक रूपमा उत्पादन हुने च्याउको खोज अनुसन्धानमा हाम्रा सम्बन्धित निकाय मौन जस्तै छ, निजी क्षेत्रले व्यवसायिक रुपामा च्याउमा गरेको योगदानको कदर गर्नुभएको छ व्यवसायिक किट विकास केन्द्रका प्रमुख तिर्थ कुमार श्रेष्ठ, राज्यको तर्फबाट च्याउको लागि विभिन्न आवश्यक पर्ने सुविधाहरु तिन तहका सरकारका कार्यक्रमले समेट्न खोजेको तर अपुग भने भएको हुन सक्ने स्विकार्नुहुन्छ व्यवसायिक किट विकास केन्द्रका प्रमुख तिर्थ कुमार श्रेष्ठ । च्याउको बिमाको अवधि छोटो समयको लागि मात्रै भएको कारण किसानलाई केही समस्या परेको र बिमा निती सहजीकरणको लागि आँफुहरुले पहल गरेको र अर्गानिक च्याउ उत्पादनको लागि कसरी सम्बोधन गर्ने भन्ने बिषयमा आँफुहरुले कार्यक्रम बनाएको समेत जानकारी गराउदै हुनुहुन्छ व्यवसायिक किट विकास केन्द्र, हरिहरभवनका प्रमुख तिर्थ कुमार श्रेष्ठ ।

कृषिको उत्पादन मात्रै व्यवसायिकरण होइन्, नेपालमा उत्पादनको समस्या त छ नै किनकी हाम्रो कृषिका विभिन्न उपजहरुको आयातदर बढ्दो क्रममा नै रहेको छ, तर बिडम्बना कहिलेकाँही हाम्रै किसानले उत्पादन गरेका कृषि उपजले बजार नपाइरहेको अवस्था पनि छ, उत्पादन भएको चिजले बजार पाएन भने सरकारले खरीद गरीदिनुपर्ने र किसानलाई बजारको ग्यारेन्टी गर्ने हो भने यो समस्या सदाको लागि हट्नेछ, आँफुले सरकारलाई यो बिषयमा घच्घच्उयाउने र किसानको पक्षमा सदैव रहने कुरामा किसानलाई विश्वस्त गराँउदै हुनुहुन्छ संघिय सरकारका साँसद कृष्ण दाहाल ।
नेपाल जैविक विविधताले भरिपूर्ण देश, जसको उपहार वा बरदान भनौँ छोटो दुरी पार गरी फरक मौसमको अनुभूत गर्न सकिन्छ । यसर्थ, बाह्रै महिना च्याउ फलाउन सकेका छौँ । हिजो तराईमा डढाएर फालिने पराल तथा छवाली आज काठमाडौँमा रु. १५ देखि रु.२५ सम्म पर्नुले पनि च्याउले धेरै क्षेत्रमा रोजगार तथा सम्भावनाका आयाम थप्न सफल भएजस्तो लाग्छ । पचासौँ हजार रोजगार दिन सक्ने तथा हजारौँ च्याउ श्रमिकको रूपमा रोजगार दिएको यस च्याउ क्षेत्रमा सरोकारवालाको भनेजस्तो चासो नदेखिनु समग्र नेपालीको अभिसापको रूपमा हुन सक्छ, च्याउ उत्पादक किसान संघ नेपालको निरन्तर प्रयास र किसानको मेहनतले हालै देखिएको च्याउको विकास तथा विस्तार एउटा उदाहरणको रूपमा प्रतिबिम्वित छ । बागमती प्रदेशका कृषि तथा पशुपंक्षी मन्त्री बसुन्धरा हुमागाँईले आफ्नो मन्त्रालयले च्याउ किसानको हक र हितको लागि आँफु सधैँ लागिरहनुपर्ने बताउनुभएको छ, साथै मन्त्री हुमागाँईले च्याउमा के कसरी आत्मनिर्भर बन्न सकिन्छ भन्ने बिषयमा छलफल गरेर सबैलाई सम्बोधन गरेर अगाडी बढ्ने र बिगतका कार्यक्रमलाई समेत समीक्षा गरेर परिमार्जित गर्दै लाने कुरामा समेत आँफु लागिरहने समेत धारणा राख्नुभएको छ ।

च्याउ प्रवद्र्धनका लागि च्याउ उत्पादकहरूको संस्था च्याउ उत्पादक किसान संघ नेपाल सक्रिय रूपमा लागिरहेको छ । संघले २ बर्षअघि च्याउ प्रवद्र्धनका लागि मेची–महाकाली यात्रासमेत सम्पन्न गरेको छ, देशैभरी आफ्नो सङ्गठन तथा च्याउ खेती विस्तारमा निरन्तर अगाडि बढीरहेको छ च्याउ उत्पादक किसान संघ नेपाल । करिब ३ अर्ब बराबरको वार्षिक कारोबार रहेको च्याउ उत्पादनको क्षेत्रका लागि सरकारले हालसम्म नीति, कार्यक्रम, बजेट केही पनि व्यवस्था गर्न नसकिरहेको अवस्थामा च्याउ प्रवद्र्धनका लागि संघले पटक–पटक किसानको हकहितमा आवाज उठाउँदै आएको छ, किसानका समस्या सम्बन्धित पक्षसमक्ष पुर्याउने काम गरेको छ । यति मात्र होइन, च्याउ उत्पादन र बजारीकरणको अवस्थाका बारेमा सरकारसँग तथ्यांक नै छैन तर संघ आफैँले संगठनलाई परिचालन गरेर केही हदसम्म तथ्यांक संकलन गर्ने प्रयास गरेको जानकारी गराउदै हुनुहुन्छ च्याउ उत्पादक किसान संघ नेपालका निवर्तमान अध्यक्ष, पिएन अधिकारी ।

भारतमा च्याउखेतीको उत्पादन, प्रशोधन र खपत अत्यधिक मात्रामा रहेको छ, धेरै च्याउ किसानहरुले च्याउ क्षेत्रबाट रोजगार पनि पाएका छन्, पहिला भारतमा पनि च्याउ उत्पादन बढेको समयमा बजारको समस्या आँउथ्यो बेला बेला, तर च्याउबाट बन्ने विभिन्न बायो प्रोडक्टहरु उत्पादन गरेर बजारीकरण गर्न सक्दा यो समस्या हटेर गएको जानकारी गराउदै हुनुहुन्छ ओमी मल्टी मार्केट प्रा.लि.भारतका सिएमडी राजेश यादव । साथै यादवले च्याउको सेवन मानव स्वास्थ्यका लागि समेत लाभदायक हुने हुनाले दैनिक रुपमा च्याउको सेवन गर्न सबैलाई सुझाउनुहुन्छ ।
विगतको तुलनामा च्याउको व्यवसायीकरणमा ठूलै फड्को नै मारिसकेको अवस्था हो । च्याउका उत्पादनका लागि आधुनिकीकरणको प्रक्रिया पनि सुरु भईसकेको छ नेपालमा पनि । आफ्नो अधिकारका लागि पनि किसानहरू एकताबद्ध हुनु जरुरी छ । मुलुकभरका किसानहरू एक भएर राज्यलाई हाम्रा विषयहरू सुनाउनुपर्दछ । घच्घच्याइरहनु पर्दछ । हामी सबै किसानका मुद्दाहरूलाई सधैँ काँधमा बोकेर हामी सबै किसानका मुद्धामा सदैव लडिरहनुपर्छ भन्ने कुरामा सबै किसानलाई आग्रह गर्दै हुनुहुन्छ, उखु उत्पादक किसान संघ अध्यक्ष राज कुमार उप्रेती । साथै अध्यक्ष उप्रेतीले सरकारले उखु उत्पादक किसानलाई वास्ता नगरेको जसको कारण पनि उखु किसानहरुमा उखु खेती प्रती वितृष्णा भएको र कृषि मन्त्री समेत उधोगीको पक्षमा भएकोले यसको समाधान नभएको कुरा बताउनुभयो, नेपालमा चिनीको खपत दिनप्रतिदिन बढीरहेको परीप्रेक्षमा उखु क्षेत्रलाई राज्य चिन्न नसक्दा उखुबाट लाखौँ किसानहरु पलायन हुने कुरा समेत सुझाउनुभयो ।
पुस १५ अर्थात च्याउ दिवश । च्याउ उत्पादक किसान संघ नेपालले हेटौंडामा राष्ट्रिय सम्मेलन गरीरहेको समयमा च्याउ दिवशको पनि चर्चा उत्तिकै थियो, दोस्रो राष्ट्रिय च्याउ सम्मेलनले देशैभरका च्याउ उत्पादक किसानहरुलाई बागमती प्रदेशको राजधानी हेटौँडाको जय गणेश पार्टी प्यालेससम्म तानिरहेको थियो, ३ बर्षदेखी बागमती प्रदेशको कृषि तथा पशुपंक्षी मन्त्रालयले नै च्याउ उत्पादक किसान संघ नेपालको प्रस्तावको सुनुवाई अन्तर्गत पौष १५ लाई राष्ट्रिय च्याउ दिवश मनाउन पाएकोमा निकै उत्साहित र खुशी हुनुहुन्छ कृषि तथा पशुपंक्षी विकास मन्त्रालय बागमती प्रदेशका सचिव डा. शरण कुमार पाण्डे, साथै पाण्डेले च्याउ स्वास्थ्यका हिसाबले निकै पौष्टिकताले निपुर्ण भएको च्याउलाई मन्त्रालयले च्याउ किसानका समस्यालाई समाधान खोज्न पहल गरीरहने र यसका उत्पादन, प्रशोधन, बजारीकरण लगायतका काममा समेत सहयोग गर्ने प्रतिबद्धता दिनुभयो, च्याउ व्यवसायलाई पनि अरु व्यवसायलाई पनि मुख्य प्राथमिकतामा राखेर यसका विज्ञहरुसँग छलफल गरी भविष्यमा च्याउलाई बृहत बनाउन समेत आँफु लाग्ने बताउनुभयो ।
विगतको तुलनामा च्याउको व्यवसायीकरणमा ठूलै फड्को नै मारिसकेको अवस्था हो । च्याउका उत्पादनका लागि आधुनिकीकरणको प्रक्रिया पनि सुरु भईसकेको छ नेपालमा पनि । जंगली प्रजातिको भएकाले च्याउ खाने प्रचलन भने परापूर्व कालदेखि नै छ । पोषणको हिसाबले च्याउ महत्वपुर्ण बाली भएकोले यसको सेवनले मानव स्वास्थ्यको लागि निकै महत्वपुर्ण भएको र च्याउको राष्ट्रिय र अन्तराष्ट्रिय बजार पनि बृहत भएको कुरा साट्दै हुनुहुन्छ मौरीपालक किसान संघका अध्यक्ष, सम्राट तुम्बाहाम्फे ।

कामले काम सिकाउँछ भनेझैँ गर्दै जाँदा धेरै कुरा थाहा हुने र अनुभवले नै निलारीनु पनि ठुलो उपलब्धि हो सबै क्षेत्रलाई, विभिन्न विकल्पहरू अपनाएर किसान आफैँले च्याउ खेतीका पनि विभिन्न तरिका अपनाएका छन् । पहाड र तराईमा खेती गर्ने तरिका फरक छ । रोग किराबाट बचाउनका लागि पनि किसानहरूले आ–आफ्नो तरिकाले अभ्यास गरेका छन् । उत्पादन सँगै बजार अर्को महत्वपुर्ण पक्ष हो, बिक्री नभएका च्याउलाई पोष्ट हार्बेस्ट गरेर वा प्रशोधन गरी बायो प्रोडक्ट बनाएर पनि बिक्रि गर्न सकिने राम्रो सम्भावना छ, नेपालमा विभिन्न समस्याहरुको बाबजुत पनि च्याउको राम्रो सम्भावना छ, च्याउ उत्पादन गर्ने किसान बाँचेमा व्यवसायी पनि बाँच्ने च्याउ संघ पनि बाच्ने हुनाले संघले अफ्ठेरो परेको किसानलाई सहयोग र सहजता प्रदान गर्न लागिरहनको लागि संघलाई शुभकामना समेत दिँदै हुनुहुन्छ अस्ट्रिच नेपाल प्रा.लि.का प्रबन्ध निर्देशक सिपी शर्मा ।
च्याउ क्षेत्रमा पक्कै पनि केही सुधार भएकै अवस्था हो, तर पनि सरकारी तहमा भएको ब्युरोक्रेसीको समस्या, कुनै काम गर्न प¥यो भने लामो प्रक्रियाबाट जानुपर्ने लगायतका समस्या छन्, त्यसैले सरकारका निकायहरुले नीजिक्षेत्रसँग सहकार्य गरेर पार्टनरसिप गरेर जानु आवश्यक छ । हामीसँग दक्ष जनशक्तिको अभाव छ । विदेशमा तालिममा पठाएर हुन्छ वा अन्य विकल्प अपनाएर हुन्छ जनशक्ति उत्पादन गर्नुपर्दछ । किसानहरूलाई सहि सूचना छैन । तर, केही समय यता किसानहरू सङ्गठित भइरहेका छन् । यसले ज्ञान र सीप प्रसार हुन सहयोग पुगेको छ । हाल देशैभरि सिताके, मिल्की, ग्यानोडर्मालगायतका च्याउको व्यावसायिक खेती भइरहेको छ, च्याउ सम्मेलनले अझै किसानको हकहितको लागि र यस क्षेत्रका थप सम्भावना समेत खोजेर जाने र प्राविधिक रुपमा च्याउ क्षेत्रको लागि आवश्यक सहयोग गर्ने समेत प्रतिबद्धता गर्दै हुनुहुन्छ, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान अर्थात नास्टका वरीष्ठ वैज्ञानिक डा. जयकान्त राउत ।।
च्याउ किसान, व्यवसायी, सरकारी निकाय, सरोकारवाला संघसंस्था तथा विज्ञहरूको समन्वय स्थापना गरी च्याउ उत्पादन, प्रशोधन र बजारीकरण प्रभावकारी बनाउनु आजको आवश्यकता हो, नेपालमा च्याउको विस्तार तिब्र गतिमै बढेको र नेपालमा पहिलोटक आँफुले सिताके च्याउको परीक्षण उत्पादन सफल भएके समेत आफ्नो अनुभव सुनाउदै हुनुहुुन्छ, वरीष्ठ च्याउ वैज्ञानिक तथा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान अर्थात नास्टका सचिव महेश्वर अधिकारी ।

उत्पादन कम भएका कारण च्याउको विविधीकरणभन्दा पनि हामी ताजा च्याउ बजारमा पु–याउन नै च्याउ किसानहरु तल्ल्नि छन्, । नेपाली बजार अस्थिर खालको बजार छ । चाडबाडका बेला अरू कुरासँगै च्याउको पनि माग बढ्छ र मूल्य पनि आकासिन्छ । अरू बेला घट्छ । बढेको देखेर किसानले लगानी बढाउने गरेको पाइन्छ । मंसिरमा माग बढ्छ, पुसमा घट्छ । चाडपर्वहरूले बजार फरक पार्ने गरेको छ । कृषि नैजिवनको मुल आधार नै कृषि हो, यदि कृषि छैन भने हाम्रो जिवन नै छैन् र मानव सभ्यता नै समाप्त भन्दै किसानहरुलाई उच्च दर्जा दिनुपर्ने उदाहरण समेत दिँदै किसानलाई नै सम्मान गर्नुपर्ने राष्ट्रिय किसान आयोगका अध्यक्ष डा. प्रेम दंगाल प्रस्ट्याउदै हुनुहुन्छ, च्याउ यस्तो कृषि उपज हो यो एउटा पुर्ण खाध पुरक हो, च्याउ मात्रै सेवन गरे पनि यसले लामो समयसम्म बचाउन सक्छ, आयोगले च्याउ किसानका समस्याहरुको समाधानको लागि नितीगत पैरवि गरीरहने र च्याउको सेवनको मात्रालाई देशैभर फैलाउन सबै लाग्नुपर्ने समेत बताउनुभयो ।
च्याउ प्रवद्र्धनको लागि च्याउ उत्पादक किसान संघ नेपालले च्याउ जागरण अभियानमा मेची–महाकाली यात्रा समेत गरीसकेको छ, भारतबाट आँउने कृषि जन्य वस्तुहरु नेपालमा विनामेसै नेपालमा आयात भएको कारण नेपालमा समस्या आउने गरेको छ, सरकारले किसानका कुरा सुन्न सरकारले आनाकानी गरेका सबै किसान सम्बद्ध संगठनहरु एक्येबद्धता भएर आन्दोलन गरी सरकारलाई ध्यानाकर्षण गराउन समेत आवश्यक छ भन्ने कुरा औँल्याउदै हुनुहुन्छ अखिल किसान महासंघकी सदस्य सरीता भुसाल ।
उपभोक्ताले बुझेर खाए पनि नबुझेर खाए पनि खपत बढेको छ, तर उपभोक्ता सचेतना निकै बढेकाले बुझेरै खाएका छन् भन्ने लाग्छ । किनभने च्याउमा हाम्रो शरीरलाई चाहिने अधिकांश तत्वहरु पाइन्छन् । यो आफैंमा महत्वपूर्ण छ । आइरनको प्रमुख स्रोत हो । संसारमै धेरै च्याउ उपभोग गर्ने फ्रान्सका नागरिकमा सबैभन्दा कम क्यान्सरको सम्भावना छ । सजिलै पचाउन सक्ने प्रोटिन यसमा पाइन्छ । भिटामिन ए, बी, सीदेखि कार्बोहाइड्रेडसम्म यसमै पाइन्छ । ४२ प्रतिशतसम्म (सिताके च्याउ) फाइबर यसमा पाइन्छ । च्याउले स्मरणशक्ति बढाउन पनि सहयोग गर्छ । च्याउ उत्पादक किसान संघ नेपालका निवर्तमान अध्यक्ष पिएन अधिकारीले च्याउ क्षेत्रको विकासका लागि च्याउ किसानलाई आवश्यकता अनुसार सीप परीक्षणको लागि सहकार्य, नेतृत्व विकासका कार्यक्रम, विभिन्न ठाँउमा विभिन्न समयमा च्याउ परीकार महोत्सव, देशैभर च्याउ जागरण जस्ता कार्यक्रम र बागमती प्रदेशको कृषि मन्त्रालयबाट घोषणा गरेको राष्ट्रिय च्याउ दिवशलाई उल्लेखनीय मान्नुभएको छ, साथै अधिकारीले भर्खरै च्याउ उत्पादक किसान संघ नेपालले युवा नेतृत्व पाएको र यस नेतृत्वले समेत विभिन्न च्याउ किसानका सवालहरुमा अनवरत लाग्ने कुरामा विश्वस्त रहेको बताउनुभयो ।

च्याउ उत्पादक किसान संघ नेपालको अध्यक्षमा सन्तोष कार्की निर्वाचित हुनुभएको छ । राष्ट्रिय च्याउ दिवसका अवसरमा हेटौंडामा आयोजित किसानहरूको राष्ट्रिय सम्मेलनबाट कार्की अध्यक्षमा निर्वाचित हुनुभएको छ । ९८ मत ल्याएर कार्की अध्यक्षमा विजयी हुँदा उनका प्रतिद्धन्द्धी सुरेन्द्र गिरीले ८५ मत ल्याउनुभएको थियो । नवनिर्वाचित अध्यक्ष कार्कीले आँफु महासचिव भएर देशैभरका च्याउ किसानसँग नजिक रहेको र च्याउ किसानका विभिन्न समस्या आँफुले नजिकबाट नियालेको र यसलाई च्याउ किसानहरुले विश्वास गरेर थप आँफुलाई जिम्मेवार दिएको महसुस गर्नुभएको छ, साथै कार्कीले च्याउ क्षेत्रमा कधाम गरीरहेका देशैभरका किसानहरुको समस्याहरुको समाधान र पैरवि गर्न समेतच आफ्नो कार्यकाल संवाहकको रुपमा रहने र च्याउ विकास, प्रवद्र्धन र व्यवसायिकरणमा निरन्तर रुपमा लाग्ने बताउनुभयो ।
च्याउ उत्पादक किसान संघ नेपालको उपाध्यक्षमा सिताराम तिमल्सिना र महासचिवमा विकास रिमाल निर्वाचित हुनुभएको छ । यस्तै, महासचिव विकास रिमालले ८८ मत पाउनुभएको थियो भने उहाँका प्रतिद्धन्द्धी सरोज नेपालले ८५ मत ल्याउनुभएको थियो । त्यस्तै कोषाध्यक्षमा विनोद पौड्याल निर्वाचित हुनुभएको छ । यसैगरी सचिवमा रामहरि घिमिरे, रमेश सापकोटा र शिव सन्जेल निर्वाचित हुनुभएको छ । च्याउ उत्पादक किसान संघ नेपालको दाश्रो महाधिवेशनमा निर्वाचित सबैलाई हाम्रो हाम्रो पनि शुभकामना ।









