चर्चित

नेपाल कृषि अर्थशास्त्र समाजको अध्यक्षमा पुनः डा. योगेन्द्रकुमार कार्की चयन भएका छन् । आइतबार कृषि विभागको सभाहलमा भएको समाजको पन्ध्रौ बार्षिक साधारणसभाबाट कार्की अध्यक्षमा पुनः अध्यक्षमा दोहोरिएका हुन् ।
कार्यक्रममा प्रमुख अतिथीको रुपमा रहेका कृषि तथा पशुपंक्षी विकास मन्त्री महेन्द्र राय यादवले सरकारले किसानका उत्पादनलाई सरकारले न्युनतम मूल्य समयमै तोक्ने र बिक्रि नभएका उपजलाई सरकारले नै खरीद गर्ने हो भने कृषि पेशाले सार्थकता पाँउने बताए । मन्त्री यादवले नेपाल कृषि अर्थशास्त्र समाज अवकाशप्राप्त कृषि विज्ञहरुको एउटा साझा थलो भएको र सबैले कृषि क्षेत्रको विकासलाई आ-आफ्नो तर्फबाट सुझाव, सल्लाह र प्रतिक्रिया दिइरहन समेत आग्रह गरे, मन्त्रालयको तर्फबाट कृषि र किसानको पक्षमा आँफै सधैँ लाग्ने कुरा समेत विश्वस्त पारे ।

डा. कार्की यसअघि पनि समाजको अध्यक्षमा निर्वाचित भएका थिए । नेपाल कृषि अर्थशास्त्र समाजको नयाँ कार्यसमिति उपाध्यक्षमा रामप्रसाद पुलामी, महासचिवमा डा. देवेन्द्र गौँचन र कोषाध्यक्षमा सिर्जना तिमल्सिना चयन भएका छन् ।

त्यस्तै, समाजको निर्देशकमा डा. कृष्णप्रसाद तिमल्सिना, डा. महाविर पौडेल र डा. श्रषिराज कट्टेल चयन भएका छन् । यता, समाजको सदस्यमा चारजनासमेत चयन भएका छन् । नयाँ कार्यसमितिले आगामी तीन बर्ष काम गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय