चर्चित

च्याउको बजार विस्तारै फस्टाउने क्रममै रहेको छ । पछिल्लो समयमा च्याउ उत्पादनतर्फ किसानहरुको संख्या पनि बढ्दो क्रममै रहेको छ । भारतबाट आउने च्याउ रोकेर स्वदेशी उत्पादनको प्रोत्साहन गर्न च्याउ उत्पादक किसान संघले प्रयास गरीरहेकै छ तर पनि अवैध च्याउ आयातमा रोक भने भएको छैन् । च्याउ उत्पादक किसान संघ नेपालले पछिल्लो दिनमा भारत लगाएत विभिन्न देशका बजारहरूवाट नेपाल भित्र्याउन लाग्ने लामो समयको अवधीसम्म नसढ्ने विभिन्न रसायनहरु च्याऊमा प्रयोग गरी विषादीयुक्त वनाई अवैधरुपमा च्याउ नेपाली बजारमा पठाईरहेको भन्दै भन्सारमा कडा निगरानी गरी नियन्त्रण गर्न सरकारसंग विज्ञप्ति मार्फत जोडदार माग गरेको छ । नेपाली च्याउलाई विस्तापित गर्ने हेतुले आयात भैरहेको भारतीय अवैध च्याउ विषाक्त रहेको च्याउ उत्पादक किसानसंघ नेपालको विज्ञप्तीमा भनिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय