
कृषि संकायमा जेटिए देखि स्नातकोत्तर तहका विद्यार्थीहरुलाई लक्षित गरी यसै महिनाबाट एग्रो टाइम्स मासिक पत्रिकाले एग्रो टाइम्स लेखन प्रतियोगिता सुरु गरेको छ । यस महिनाको लागि समृद्ध कृषिका लागि युवा उद्यमशिलता शिर्षक तोकिएको छ । प्रतियोगितामा कृषि अन्तर्गतका विभिन्न विधाहरुमा अध्ययन गरीरहेकाहरुले सहभागी हुन सक्नेछन् । प्रतियोगितामा छनोट भएका ४ ओटा लेखहरुलाई एग्रो टाइम्स पत्रिका मार्फत प्रकाशन गरी उत्कृष्ट पुरस्कारको समेत व्यवस्थाको साथै एग्रो टाइम्स मासिक पत्रिका, एग्रो टाइम्स डट कम, देशैभर विभिन्न रेडियो मार्फत हरेक दिन प्रसारण हुने कार्यक्रम कृषि सवालमा समेत आफ्नै आवाजमा बाचन गरी प्रसारण गर्न व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।
यस प्रतियोगितामा सहभागी हुन निम्न नियमहरु पालना गर्नुपर्नेछ
-लेख कृषिका किसान उपयोगी विषयहरु सँग सम्बन्धित हुनुपर्नेछ।
-लेखक जेटिए देखि स्नातकोत्तर तहसम्म कृषि वा भेटेरीनरी विषय अध्ययन गर्ने वा अध्ययन पुरा गरेको हुनु पर्नेछ।
-अध्ययन गरीरहेको भन्ने खुल्ने गरी आवश्यक परीचय पत्र वा अध्ययन गरीरहेको संस्थाको सिफारीस वा कुनै अध्ययन गरीरहेको खुल्ने कागजाजको फोटो कपी वा स्क्यान फोटो समेत हुनुपर्नेछ ।
-हामीले उपलब्ध गराइएको विषयको बारेको लेख कम्तीमा ४०० शब्दमा र बढीमा ६०० शब्द समेटिएको र शुद्ध नेपाली भाषामा हुनु पर्नेछ।
-यो प्रतियोगितामा सहभागी हुन एग्रो टाइम्सको पत्रिकाको व्यक्तिगत वार्षिक ग्राहक समेत हुनुपर्नेछ ।
-लेख टाइपिङ गरीएको वर्ड र हस्तलिखित दुवै माध्यममा हुनु पर्नेछ ।
थप जानकारीको लागि एग्रो टाइम्स मिडिया नेटवर्कको हटलाइन नम्बर ९८५१०९७१९२ वा एग्रो टाइम्स लेखन प्रतियोगिता संयोजक सुवास बाबु घिमिरे ९८४२९५५९१२ मा समेत सम्पर्क गरेर थप जानकारी लिन सकिनेछ ।