
एग्रो टाइम्स मासिक पत्रिकाले यही माघ महिनादेखि कृषि संकायमा जेटिए देखि स्नातकोत्तर तहसम्म अध्ययन गरिरहेका वा गरिसकेका विद्यार्थीहरुलाई लक्षित गरि एग्रो टाइम्स लेखन प्रतियोगिता सुरु गर्ने भएको छ । विशेष गरि विद्यार्थीहरूलाई लेख हरू लेख्ने, पत्रपत्रिका पढ्ने कुरामा प्रोत्साहित गर्न र आफूले पढ्दा, काम गर्दा आर्जन गरेका ज्ञानहरुलाई पत्रिकाको माध्यम बाट किसान सम्म पुर्याउने उदेश्यले यो प्रतियोगिता सुरु गरिएको हो । लेखका लागि विषय छनोट गर्न र नतिजा प्रकाशन गर्न एउटा विज्ञहरुको समूह हुनेछ र विजेतालाई नगद पुरस्कार, मेडल र प्रमाणपत्रको समेत व्यवस्था गरिएको छ । विजयी हुने मध्य उत्कृष्ट चार लेखहरुलाई पुरस्कृत गरि लेखक आफैलाई आफ्नो लेख राष्ट्रिय स्तरका सञ्चार माध्यम हरुबाट बाचन गरी प्रसारण गर्ने अवसर समेत दिइनेछ । लेखका लागि हरेक महिना अहिलेका जल्दाबल्दा र समसामयिक कुराहरुलाई प्राथमिकता दिएर विषय छनोट हुनेछ । उक्त प्रतियोगितामा सहभागी हुन लेखकले निम्न नियमहरूको समेत पालना गर्नुपर्ने हुन्छ ।
-लेख कृषिका किसान उपयोगी विषयहरु सँग सम्बन्धित हुनुपर्नेछ।
-लेखक जेटिए देखि स्नातकोत्तर तहसम्म कृषि वा भेटेरीनरी विषय अध्ययन गर्ने वा अध्ययन पुरा गरेको हुनु पर्नेछ। साथै कृषि अध्ययन गरेको वा गरीरहेको भन्ने -खुल्ने गरी आवश्यक परीचय पत्र वा अध्ययन गरीरहेको संस्थाको सिफारीस वा कुनै अध्ययन गरीरहेको खुल्ने कागजातको फोटो कपी वा स्क्यान फोटो समेत हुनुपर्नेछ ।
-हामीले उपलब्ध गराइएको विषयको बारेको लेख कम्तीमा ४०० शब्दमा र बढीमा ६०० शब्द समेटिएको र शुद्ध नेपाली भाषामा हुनु पर्नेछ।
-लेख टाइपिङ गरीएको वर्ड र हस्तलिखित दुवै माध्यममा हुनु पर्नेछ ।
-लेख पठाउँदा आफ्नो नाम, ठेगाना, संपर्क नम्बर र इमेल प्रष्टसँग लेखी पठाउनु पर्नेछ ।
माघ महिना को लागि लेखको विषय समृद्ध कृषिका लागि युवा उद्यमशीलता रहेको छ । साथै लेखमा २०७८ माघ २६ गतेसम्म पठाईसक्नु पर्नेछ । यो लेखन प्रतियोगिता लाई थप विद्यार्थीहरु माझ पुर्याउन र आगामी दिनमा Agro Times ले गर्ने हरेक क्रियाकलापहरुमा सहकार्य गर्ने उद्देश्यले Outreach Partners को रूपमा IAAS FoA Tikapur र Group of Agrilearners लाई छनोट समेत गरिएको छ । उहाँहरुको तर्फवाट IAAS FoA Tikapur का अध्यक्ष प्रेम प्रकाश बुढाथोकी र Group of Agrilearners की Program and Campaign Coordinato क्रिस्टिना कार्की ले नेतृत्व गर्दै हुनुहुन्छ। यो लेखन प्रतियोगिता बारे थप जानकारी लिनुपरेमा एग्रो टाइम्स मिडिया नेटवर्क प्रा.लि.का निर्देशक, अशिम सापकोटा र एग्रो टाइम्स लेखन प्रतियोगिता २०७८/२०७९ का संयोजक, सुवास बाबु घिमिरे लाई सम्पर्क गर्न सक्नुहुनेछ ।