
नेपाल कुचो संघका साधारण सदस्यहरुलाई सदस्यता प्रमाणपत्र वितरण गरिएको छ । असार ३२ गते संघले काठमाडौंमा कार्यक्रमको आयोजना गरी सदस्यलाई प्रमाणपत्र वितरण गरेको हो । नेपाल उद्योग वाणिज्य महासंघका सदस्य नरेशलाल श्रेष्ठको प्रमुख आतिथ्यमा असार ३२ गते सदस्यता वितरण कार्यक्रम सम्पन्न भएको संघका अध्यक्ष राजकुमार कार्कीले जानकारी दिए ।
संघको राष्ट्रिय महाधिवेशन भदौ ४ गते काठमाडौमा हुने तयारी पनि गरिएको छ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । महाधिवेशनको तयारी स्वरुप सदस्यलाई प्रमाणपत्र वितरण गर्न लागिएको अध्यक्ष कार्कीले जानकारी दिए । काठमाडौं जिल्ला प्रशासन कार्यालयमा २०७८ भदौ २० गते दर्ता भएको कुचो संघले गत असोज १५ गते नेपाल उद्योग वाणिज्य महासंघबाट वस्तुगत सदस्यता प्राप्त गरिसकेको छ ।
पछिल्लो समय वार्षिक ६५ करोड रुपैयाँ हाराहारीको अम्लिसो विदेश निर्यात भएको सरकारी तथ्याङ्क छ । अम्लिसोको उत्पादन बढाउँदै विदेश निर्यात गरेर ब्यापार घाटा कम गर्न र कृषकलाई अम्लिसो खेतीतर्फ आकर्षित गरी उनीहरुको जीवनस्तर माथि उकास्ने उद्देश्यका साथ कुचो संघको स्थापना गिरएको अध्यक्ष कार्कीको भनाई छ ।