चर्चित

नेपाल डेरी एसोसिएसनको आज बसेको केन्द्रिय समितिको बैठकले विभिन्न निर्णहरु गरेको छ । एसोसिएसनको केन्द्रिय समितिको कार्यालय काठमाडौंमा एसोसिएसका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहालको अध्यक्षतामा बसेको बैठकले निम्न विषयमा निर्णय गरेको छ ।

निर्णयहरु

-विपत व्यवस्थापन सदस्य राहत कोष बिभाग गठन गरि उक्त कोषमा रु ३ लाख जम्मा गरेको छ । 
-एसोसिएसनमा बैठकले ९ सदस्य सचिवालय एवं ५ सदस्य सल्लाहकार समिती गठन गरेको छ ।
– बैठकले कार्य विभाजन अन्तर विभिन्न ८ वटा विभाग गठन गरेको छ ।
– बैठकले एसोसिएसनमा प्राविधिक एवं विषेश योजनाका लागि एक विज्ञ नियुक्त गर्ने निर्णय गरेको छ ।
-३ वर्षे कार्यकालको लागि बैठकले कार्ययोजना तयार गरेको छ ।
– बैठकले एसोसिएसनमा बसिने हरेक बैठकमा आचार संहिता लागू गरि कार्यनयन गर्ने निर्णय गरेको छ ।
– आर्थिक स्रोत परिचालनको लागि एक उपसमिती निर्माण गरि अगाडि बढ्ने निर्णय समेत भएको छ ।
– राष्ट्रिय दुग्ध विकास बोर्डले दूध तथा दुग्ध पदार्थ ढुवानी सवारी साधनमा प्रयोग गरिने गोलो लगाउन एसोसिएसनले आफ्ना सबै सदस्यहरुलाई अनिवार्य गर्ने निर्णय गरेको छ ।
-आफ्ना गतिविधि नियमित गर्न र डेरी सम्बन्धि जानकारीका लागि डेरि दर्पण प्रकाशित गर्न तीन सदस्य प्रकाशन उपसमिति गठन गरेको छ ।

यस बैठकमा नेपाल डेरी एसोसिएसनका संस्थापक अध्यक्ष राजेन्द्र गोपाल श्रेष्ठको विशेष उपस्थितिमा पदस्थापना कार्यक्रम गरिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय