चर्चित

निजी डेरी क्षेत्रको छाता संगठन अर्थात नेपाल डेरी एसोसिएसनले राष्ट्रिय दुग्ध विकास बोर्डबाट प्रदान गर्दै आएको दूध तथा दुग्ध पदार्थ ढुवानी सवारी साधनमा प्रयोग गरिने गोलो लगाउन आफ्ना देशै भरिका सदस्यहरुलाई अनिवार्य गर्ने निर्णय गरेको छ । एसोसिएसनको बैठकले आफ्ना सदस्यहरुको हितका लागि विपत व्यवस्थापन राहत कोष खडा गरेको छ । नेपाल डेरी एसोसिएसनको कार्यालयमा बसेको केन्द्रिय समितिको बैठक नेपाल डेरी एसोसिएसनमा आबद्ध सदस्यहरुलाई भैपरी आउने विपदमा सहयोग गर्न कोष खडा गरिएको अध्यक्ष प्रल्हाद दाहालले जानकारी दिए ।

केन्द्रिय समितिको बैठकले उक्त विपत व्यवस्थापन कोषका लागि छुट्टै विभाग समेत गठन गरेको छ । सोही दिन उक्त कोषमा रु तीन लाख रुपैँया जम्मा भएको अध्यक्ष दाहालले बताए । बैठकले ९ सदस्य सचिवालय एवं ५ सदस्य सल्लाहकार समिती गठन गरेको महासचिव हेमचन्द्र खनालले जानकारी दिए । बैठक अगाडि संस्थापक अध्यक्ष राजेन्द्र गोपाल श्रेष्ठको विशेष उपस्थितिमा पदस्थापना कार्यक्रम गरिएको थियो । बैठकले कार्य विभाजन अन्तर विभिन्न ८ वटा विभाग गठन गरेको छ भने प्राविधिक एवं विशेष योजनाका लागि एक विज्ञ नियुक्त गर्ने निर्णय गरेको छ ।

बैठकले ३ वर्षे कार्यकालको लागि कार्ययोजना तयार गरेको छ । एसोसिएसनले गर्ने हरेक बैठकमा आचार संहिता लागु गरि कार्यनयन गर्ने, आर्थिक स्रोत परिचालनको लागि एक उपसमिती निर्माण गर्ने, डेरी सम्बन्धि जानकारीका लागि वार्षिक रुपमा डेरी दर्पण र ६/६ महिनामा डेरी बुलेटिन प्रकाशित गर्ने लगायतका निर्णय गरेको अध्यक्ष दाहालले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय