चर्चित

मुक्तिनाथ कृषि कम्पनीले आफ्नो चौथो वार्षिक समारोहमा आज एकैपटक ८ वटा सहायक कम्पनीको उद्घाटन गरेको छ । २०७५ सालमा स्थापना भएको यस कम्पनीले बीउ, मल, नर्सरी, जडीबुटी, खाद्यान्न, एग्रो मेसिनरी, पशुपन्छी र ट्रेडिङ व्यवसायसँग सम्बन्धित ८ वटा सहायक कम्पनीहरुको उद्घाटन गरेको हो । कृषिमा विशिष्टकृत वस्तु तथा सेवा प्रदान गरी समग्र कृषि मूल्य शृंखलामा व्यवस्थापकीय भूमिका निर्वाह गर्ने अभिप्रायले यी ८ वटा सहायक कम्पनीहरुको स्थापना गरिएको मुक्तिनाथ कृषि कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकालले बताए।

‘कृषकसँग मुक्तिनाथ’ र ‘उपभोक्तासँग मुक्तिनाथ’ अभियानमार्फत कृषि मूल्य शृंखलामा व्यवसापकीय भूमिका निर्वाह गरी नेपालको कृषि अर्थतन्त्रलाई सबल बनाउने अभिप्रायले मुक्तिनाथ कृषि कम्पनी स्थापना भएको ढकालले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय