
आजभोली पनि धेरैको गुनासो सुनिन्छ भने जस्तो देशमा काम नै पाइदैन र काम पाइहाले पनि भनेजस्तो तलब र सुविधा पाँइदैन भन्नेहरुका लागि स्वदेशमै राम्रो कमाई गरेर गहकिलो उदाहरण बनिरहेका छन् शंखु ललितपुरका राजकृष्ण बजगाँई । ललितपुरको थसीखेलमा ९ बर्षदेखी शिस्टता नर्सरी र विगत २ बर्षदेखी चापागाँदोबाटो ललितपुरमा स्वणिमा नर्सरी समेत नर्सरी व्यवसाय गरीरहेका बजगाँइलाई बिदेशको मोहले कहिल्यै तानेन ।
सानो क्षेत्रफल भए पनि चिटिक्क पारी सजाएर राखेका सयौँ थरीका फुलहरुका सजावटले सबैलाई आकर्षण गरीरहेको छ ।अरु व्यापार–व्यवसाय जस्तो सटरमा गर्न नसकिने भएकाले व्यक्तिको जग्गालाई सम्झौता गराएर काम सुरु गर्दा धेरै महँगो हुने र धेरै मेहनत गरेको ठाउँमा सम्झौतामा तोकिएअनुसार छोड्नुपर्ने भएकाले झन् समस्या हुने नर्सरी संचालक बजगाँईको अनुभव छ । पुष्प व्यवसायलाई अझ प्रभावकारी बनाउन सरकारी निकायबाट खेर गएका सरकारी जग्गालाई सस्तो मूल्यमा उपलब्ध गराई पुष्प व्यवसायलाई प्रवद्र्धन र व्यवसायिककरण गराउन उनले आग्रह गरे ।