किसानसँग सम्बन्धित विभिन्न विषयहरुमा सवाल र पैरवी गर्दै समाधान खोज्ने प्रयासमा एग्रो टाइम्स
एग्रो टाइम्स मिडिया नेटवर्कद्धारा प्रकाशित एग्रो टाइम्स दशौँ बर्षमा प्रवेश गरेको छ । कृषि र कृषकमा समर्पित नारालाई आत्मसात गर्दै संचारको माध्यमबाट कृषि क्षेत्रका विभिन्न विधाहरुका विषयमा पैरवि गर्दै, किसान र कृषिमा संवद्ध आम नागरीकलाई सुसुचित र जागरुक बनाँउदै आइरहेको एग्रो टाइम्सले आफ्नो प्रकाशनको एक दशक पार गर्दैछ । सुरुवाती चरणमा भुकम्प र नाकाबन्दीको समेत सामना गरेको एग्रो टाइम्सले कैँयौ विध्न बाधा र खुड्किलाहरु पर गर्दै आइरहेको छ ।
किसानका विभिन्न सवालहरुमा निती निर्माता एवं विभिन्न क्षेत्रका विज्ञ र आम किसान वर्गलाई समेत एउटै मन्चमा राखेर विभिन्न विषयहरुमा सवाल गर्दैै आइरहेको छ । किसानसँग सम्बन्धित विभिन्न विषयहरुमा सवाल र पैरवी गर्दै समाधान खोज्ने प्रयासमा एग्रो टाइम्सले सधैँभरी आफ्नै मुद्धा सम्झेर अगाडी बढिरहेको छ । आफ्नो बार्षिकोत्सव कार्यक्रममा देशैभरका किसानलाई समेटेर विभिन्न कृषि रत्न पुरस्कार र एग्रो टाइम्स कृषि अवार्डका कार्यक्रमहरु समेत गर्दै आइरहेको छ जसमा धेरै किसानहरु सम्मानित लर प्रोत्साहित भईरहेका छन् । विगतका २ बर्ष कोभिडको कारणले गर्न नसकिएको एग्रो टाइम्स कृषि अवार्ड यसै बर्षबाट फेरी पनि निरन्तरतामा ल्याइने छ । प्रकाशनको सुरुवातसँगै पाठक तथा ग्राहक बर्गले खोजेका र किसानले आवश्यक महसुस गरेका विषयहरुलाई समेत उच्च महत्व दिएर यस्ता विषयहरुको प्रकाशन गरीरहेको छ ।
कृषि क्षेत्रमा भएका गतिविधि तथा कार्यहरुलाई प्रोत्साहन गर्न, विभिन्न समस्याहरुलाई सम्बन्धित विज्ञ तथा निती निर्मातामाझ पुर्याएर त्यसको समाधान खोज्ने सहि मध्यस्तकर्ताको रुपमा संचार माध्यम नै दरीलो साहाराको रुपमा संवाहक बन्न खोजिरहेको एग्रो टाइम्स मासिक पत्रिका यहाँहरुकै साथ सहयोग र मार्गनिर्देशनको कारणले नै यहाँसम्म आएको छ । हाल एग्रो टाइम्स मिडिया नेटवर्कले एग्रो टाइम्स मासिक पत्रिकासँगै हाम्रो अनलाइन न्युज पोर्टल अर्थात www.agrotimes.com.np संचालनमा ल्याइरहेको छ भने यसका अलवा एग्रो टाइस्म मिडिया नेटवर्क र नेपाल एफएम नेटवर्क ९१.८ मेगाहर्ज सहित देशैभर हरेक दिन बिहान ९.१५ बजे प्रसारण भईरहेको लोकप्रिय कार्यक्रम कृषि सवाल उत्पादन र प्रसारण गरीरहेको छ, साथै एग्रो टाइस्म मिडिया नेटवर्क र युनिभर्सल टेलिभिजनबाट हरेक दिन साँझ ६ बजे प्रसारण भईरहेको लोकप्रिय टेलिभिजन कार्यक्रम समृछ कृषि समेत उत्पादन र प्रसारण गरीरहेको छ । यी कार्यक्रमहरुबाट पनि देशैभर भएका किसानमाझ सुसुचित बनाउन हाम्रो टिम सदैव कटिबद्ध छ प्रतिबद्ध छ ।
किसानका लागि बनेका विभिन्न नीति तथा कार्यक्रमहरु, कृषि कर्जा होस् या कृषि बिमा, कृषि अनुदानका कुरा होस् वा सहुलियतका कुरा, कृषि क्षेत्रमा भएका गतिविधिहरुलाई किसानसम्म पुर्याएर संचार माध्यमबाट सुसुचित बनाउने प्रयासमा लागिरहेको एग्रो टाइम्स मिडिया नेटवर्क अझै परिस्कृत र बृहत्तर बन्ने प्रयास गरीरहेको छ, एग्रो टाइम्सले यहाँहरुको यसरी नै सुझाव, सल्लाह, प्रतिक्रिया र सहकार्यको लागि सदैव साथ पाइराखोस् । 









