चर्चित

लामो समय पर्यटनको क्षेत्रमा समेत काम गरेका भानु नगरपालिका १२ का कुशलचन्द्र अधिकारीले गण्डकी प्रदेशको प्रदेश उत्कृष्ट कृषि पुरस्कार पाएका छन । उनी ७ बर्षदेखी व्यवसायिक कृषिमा जोडिएका थिए भने उनका बुबा विगत लामो समयदेखि निरन्तर रुपमा कृषिमा काम गरीरहेका नै थिए ।

कुशलले यसलाई व्यवसायिक र आधुनिक तरीकाले गर्ने सोँच बनाएर मिर्लुङ बहुउद्धेश्यिय कृषि फार्म संचालन गरी विभिन्न पशूपंक्षी तथा कृषि बालीहरुका उत्पादन गरीरहेका छन । २०७९ फागुन ११ गते कृषि उर्जा तथा जलश्रोत मन्त्रालय गण्डकी प्रदेशले उत्कृष्ट कृषि पुरस्कारको लागि आवेदन गरेको थियो, यसै अनुरुप आवेदन भरेका कुशलले गण्डकी प्रदेशको प्रदेश उत्कृष्ट कृषि पुरस्कार प्राप्त गरेका छन् ।

गण्डकी प्रदेशको प्रदेश उत्कृष्ट कृषि पुरस्कार प्राप्त गर्नेमा कुशलसँगै नवलपरासीका गोविन्द बरेल, कास्कीका भोज बहादुर तामाङ, लमजुङका इभन जोशी र म्याग्दीका सुरेश ढुङगाना समेत रहेका छन् । उनीहरु सबैलाई आज कृषि तथा भुमी व्यवस्था मन्त्रालय गण्डकी प्रदेशका मन्त्री महेन्द्रध्वज जिसी, कृषि तथा भुमी व्यवस्था मन्त्रालय गण्डकी प्रदेशका सचिव सहदेव हुमागाँईद्धारा नगद जनही २० हजार सहित सम्मान पत्र प्रदान गरिएको हो । पुरस्कृत सबैले आँफुहरुलाई

यस पुरस्कार कार्यक्रमलाई छनौट लगायत विभिन्न प्राविधिक रुपमा सबै जिल्लाका कृषि ज्ञान केन्द्र, भेटेरीनरी अस्पतालव तथा पशु विज्ञ केन्द्र तथा स्थानिय तहहरुले समेत सहजीकरण र मुल्यांकनमा सहयोग गरेका थिए ।कृषि क्षेत्रमा लागेर यसरी सम्मान भइएकोमा सम्मानित हुने कृषकहरुले खुशी व्यक्त गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय