काठमार्डौँ, १७ साउन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार आज गोलभेँडा (ठूलो नेपाली)को मूल्य अधिकतम प्रतिकेजी १ सय ५० रुपैयाँ कायम गरिएको छ । यस्तै गोलभेँडाको न्यूनतम मूल्य १ सय ४० रुपैयाँ रहेको छ ।
यस्तै गोलभेँँडा सानो (लोकल) को प्रतिकेजी रु ५० न्यूनतम र ६० रुपैयाँ अधिकतम कायम भएको छ ।
आज बजारमा रातो आलुको मूल्य प्रतिकेजी रु ४८ रुपैयाँ कायम भएको छ भने अधिकतम मूल्य रू ५० मा कारोवार भएको समितिले जनाएको छ । त्यस्तै रातो (मुडे) आलुको मूल्य प्रतिकेजी नेपाली रुपैयाँ ३८ न्यूनतम र रू ४० अधिकतम मूल्य कायम भएको छ ।
यसैगरी भारतबाट आयात गरिएको सुकेको प्याजको मूल्य न्यूनतम ४५ र अधिकतम ४८ रुपैयाँमा कारोबार भइरहेको छ ।









