काठमाडौँ, १९ साउन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २४ जना उपसचिवहरूको सरुवा गरेको छ । यससँगै कृषि तथा पशुपन्छी विकास मन्त्रालयको उपसचिवमा विनोदकुमार मण्डलको सरुवा भएको छ ।
महोत्तरीको रामगोपालपुर नगरपालिकामा कार्यरत उपसचिव मण्डलको काठमाडौँ सरुवा भएको हो । मण्डलको ठाउँमा लोकसेवा आयोगमा कार्यरत उपसचिव केशव शर्मालाई प्रमख प्रशासकीय अधिकृत बनाएर पठाइएको छ ।










